बुधबार, भाद्र २५,२०८२ 10:21:51
  • बुधबार, भाद्र २५,२०८२ 10:21:51
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से,‘ पूँजी बजार सुधारका लागि राहात प्याकेज आवश्यक’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से,‘ पूँजी बजार सुधारका लागि राहात प्याकेज आवश्यक’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात १९.५६ अंकले घटेर १ हजार ९७२.१४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ प्रतिशतले घटेर ३५०.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘सरकारले बोले अनुसार काम नगर्दा सेयर बजार बढ्न सकेको छैन । अर्थमन्त्रीले उधारो आश्वासन मात्रै दिए । उनले आफुले सक्ने ब्रोकर कमिसन र पूँजीगत लाभकर घटाउने काम समेत गर्न सकेनन् । अहिले लगानीकर्ता अभिभावकविहन बनेका छन् ।’

पूँजी बजारलाई उकास्नका लागि राहात प्याकेज ल्याउन आवश्यक रहेको रौनियाले बताए ।  

त्यस्तै सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि अर्थमन्त्रीको झुठो आश्वासनका कारण बजारमा सुधार नआएको बताए । ‘अहिले ब्याजदर घटेर न्यून विन्दुमा आउँदा पनि कर्जा विस्तार भएको छैन । ऋण लिएर लगानी गर्दा फसिने डर छ । त्यसैले सरकारले राष्ट्र बैंकसँग समन्वय गरेर नीतिलाई सहज बनाउनुपर्छ ।’ उनले भने ।  

राष्ट्र बैंकले सर्कुरबाटै नीतिगत सुधार गर्न सक्ने र यसका लागि मौद्रिक नीतिको समीक्षा नै कुर्नु आवश्यक नरहेको उनले बताए । यद्यपी बजार धेरै घटेकोले आगामी साताबाट बजार फर्कनेमा भने फुलेल विश्वस्त देखिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आएको छ । बैंकिङ समूह ०.४८ अंकले घटेको आज विकास बैंक १.४६,वित्त ०.८५, होटल १.०४, हाईड्रो १.१६,लगानी ०.८५,जीवन बीमा ०.५१,उत्पादन तथा प्रशोधन १.५४,लघुवित्त १.७२,म्युचुअल फण्ड ०.२२,निर्जीवन बीमा ०.८७ र अन्य १.२५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सूर्यज्योति लाइफ इन्स्यारेन्सको १० करोड ५१ लाख,पोखरा फाइनान्स ७ करोड ३७ लाख,शिवम् सिमेन्टको ५ करोड ४५ लाख र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.६४ प्रतिशतले बढ्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.२१ प्रतिशत,मध्य भोटेकोशीको ५.७० र पिपुल्स पावरको सेयरमूल्य ५.५९ प्रतिशतले बढ्यो ।  

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । आज गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९.३९ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.१२ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.