बुधबार, भाद्र २५,२०८२ 10:27:05
  • बुधबार, भाद्र २५,२०८२ 10:27:05
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ लगानीकर्ताको आन्दोलनले सरकारमा दबाब सिर्जना हुनेछ’

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ लगानीकर्ताको आन्दोलनले सरकारमा दबाब सिर्जना हुनेछ’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१५ अंकले बढेर १ हजार ९६९.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ३४८.५५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७२ लाख ८४ हजार २७२ कित्ता सेयर २ अर्ब ५३ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘बैंकमा थुप्रिएको पैसा बजारमा परिचालन हुन नसक्दा सेयर बजार बढ्न नसकेको हो । राष्ट्र बैंकको नीतिले बजारमा लगानी गर्ने वातावरण बन्न सकेको छैन । लगानी सम्मेलनको दौरान सेयर लगानीकर्ताले आन्दोलन गर्ने कुरा आईरहेको छ । यसले सरकारमाथि पक्कै पनि दबाब पर्नेछ ।’

रजौरेका अनुसार संस्थागत लगानीकर्तालाई लगानी गर्ने बाटो खोलि दिनुपर्ने र बजारमा माग बढाउने कार्य गर्नुपर्ने आवश्यक देखिन्छ । सरकारले राष्ट्र बैंकसँग समन्वय गरेर नीतिलाई खुकुलो नपारेसम्म बजारले गति नलिने उनले बताए ।  

साइन रेशुंगा बैंकका सञ्चालक विरेन्द्र विष्टले पनि सरकारले मौखिक रुपमा मात्रै आश्वासन दिएको तर व्यवहारमा भने केहि पनि नगरेकाले बजारमा सुधार नदेखिएको हो । ‘ लगानी सम्मेलनका बेला स्वदेशी लगानीकर्ता आन्दोलित हुने अवस्था सिर्जना हुनु दुखद हो । सरकारले अन्तिम समयमा भएपनि केहि न केहि नीतिगत लचकता अपनाउने आशा गर्न सकिन्छ ।’ विष्टले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज बैंकिङ समूह ०.२१,वित्त २.४४ र उत्पादन तथा प्रशोधन समूह ०.७५ प्रतिशतले बढे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज विकास बैंक समूह ०.१३ प्रतिशत, होटल ०.४४, हाईड्रो ०.२०,लगानी ०.२८,जीवन बीमा ०.४०,लघुवित्त ०.०५,म्युचुअल फण्ड ०.१२,निर्जीवन बीमा ०.४३,अन्य ०.०९ र व्यापार समूह ०.१२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको संस्थापक समूहको आज ६३ करोड ३० लाख रुपैयाँ कारोबार भयो ।  

त्यस्तै पोखरा फाइनान्सको १४ करोड ८० लाख,गोर्खाज फाइनान्स ८ करोड ४० लाख,नेपाल फाइनान्स ५ करोड ७४ लाख र पिपुल्स पावरको ४ करोड ८१ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो । आज गुराँस लघुवित्तको सेयरमूल्य ९.९२ प्रतिशत,सपोर्ट माईक्रो फाइनान्सको ७.५५ र नेपाल फाइनान्सको सेयरमूल्य ५.७६ प्रतिशतले बढ्यो ।  

आज माई खोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.८४ प्रतिशतले घट्यो ।  

त्यस्तै महिला लघुवित्तको सेयरमूल्य ३.८४ र रिभर फल्स पावरको सेयरमूल्य ३.३९ प्रतिशतले घट्यो ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.