आईतवार, आश्विन ६,२०८१ 10:27:17
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:27:17
IME remit
Global IME Bank Limited

आज नेप्से स्थिर, ‘ गुड न्यूजको प्रतिक्षामा लगानीकर्ता ’

Hyundai Nepal
आज नेप्से स्थिर, ‘ गुड न्यूजको प्रतिक्षामा लगानीकर्ता ’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) स्थिर रहेको छ । आज नेप्से परिसूचक ०.२१ अंकको झिनो गिरावटका साथ १ हजार ९६०.६० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ३४९.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रेम ओलि भन्छन्, ‘लगानीकर्ताले हिजो र आजको कारोबारमा बढेर किन्न पनि चाहेनन् र घटेर बेच्न पनि चाहेनन् । त्यसैले आज बजार स्थिर भएको छ । मौद्रिक नीतिको समीक्षा र बजेट आउन लागेकाले लगानीकर्ता केहि गूड न्यूजको प्रतिक्षामा छन् ।’

अहिले ठूला लगानीकर्ता पनि पर्ख र हेरकै अवस्थामा रहेको ओलीले बताए । ट्रेडरहरु पनि सक्रिय नभएकाले र लगानीकर्ता थप लगानी गर्न इच्छुक नभएकाले केहि दिनदेखि बजार बढ्न नसकेको उनको धारणा छ ।  

साइन रेसुंगा बैंकका सञ्चालक विरेन्द्र विष्टले बजार अहिले बटममा रहेको र केहि सकारात्मक खबर आउने बित्तिकै बजारले गति लिने बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । आज वित्त समूह ३.११ प्रतिशतले बढ्यो ।  

त्यस्तै हाईड्रो समूह ०.०२,लघुवित्त २.७६ र व्यापार समूह ०.१५ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

आज अन्य समूहमा सबैभन्दा धेरै अर्थात १.१५ प्रतिशतको गिरावट आयो । यो दिन बैंकिङ समूह ०.२५,विकास बैंक ०.१७,होटल ०.४९,लगानी ०.४८,जीवन बीमा ०.३८, उत्पादन तथा प्रशोधन १.०९,म्युचुअल फण्ड ०.४७ र निर्जीवन बीमा समूह  ०.१९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १० करोड ६० लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै ग्रामिण विकास लघुवित्तको सेयरमूल्य ७ करोड १५ लाख,हिमालयन डिस्टलरी ५ करोड ८६ लाख र गोर्खाज फाइनान्सको ५ लाख ६८ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो । आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ९.७४ प्रतिशत,समता घरेलु लघुवित्तको ९.६७,ग्रामिण विकास लघुवित्तको ८.२१ र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्यो ।  

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ३.६९ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.