बुधबार, भाद्र २५,२०८२ 10:31:58
  • बुधबार, भाद्र २५,२०८२ 10:31:58
Global IME Bank Limited

लगातार दुई दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन खोज्दैछ’

Hyundai Nepal
लगातार दुई दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन खोज्दैछ’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३५ प्रतिशत अर्थात ९.१९ अंकले बढेर २ हजार ६३१.४८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले बढेर ४५०.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सुवासचन्द्र ढुङ्गाना भन्छन्,  ‘बजार अझैपनि साइडवेज नै चलिरहेको छ । हिजो आजको बढोत्तरीले भने बजार सम्हालिन खोजे जस्तो देखिन्छ । धेरै घट्ने ठाउँ नभएपछि बैंकिङ समूह बढेका छन् ।’

उनले प्राविधिक रुपमा यदि बजार २६८० विन्दु भन्दा ८ अर्बको भोल्युम सहित लाग्यो भने बजारले माथिकै यात्रा लिएको मान्न सकिने बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि बिक्रीकर्ता पछि हट्दा बजारमा सम्हालिदै गएको बताउँछन् । अघिल्लो असारको तुलनामा यो वर्ष केही माहोल परिवर्तन भएको उनले बताए । ‘अहिले ब्याजदर सस्तो भएको र लचिलो मोद्रिक नीति आउने सम्भावनाका कारण खरिदका लागि उपयुक्त समय पनि हो,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.६३ प्रतिशतले बढेर ७ हजार ७०.८२ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.३८, विकास बैंक ०.७२,,लगानी ०.०२,जीवन बीमा ०.८२, लघुवित्त ०.९२, म्युचुअल फण्ड ०.३६, निर्जीवन बीमा ०.६१ र व्यापार समूह ०.७२ प्रतिशतले बढ्यो ।  

यस्तै आज फाइनान्स समूह ०.०६ प्रतिशत, होटल ०.०३, हाईड्रो ०.२८ र अन्य ०.३६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ५३ लाख बढीको कारोबार भयो । सानिमा माई हाईड्रोको पनि आज ३१ करोड ४७ लाख, बुटवल पावरको ३० करोड ७५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज राप्ती हाईड्रो र धौलागिरी लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै विन नेपाल लघुवित्तको सेयरमूल्य ९.१६ प्रतिशत,सिन्धु विकास बैंकको ७.८१ र सप्तकोशी डेभलपमेन्ट बैंकको ७.२१ प्रतिशतले बढ्यो ।  

पञ्चकन्या माई हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.९२ प्रतिशतले घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.६५ प्रतिशत,पिपुल्स हाईड्रोपावरको ३.७५ र पाँचथर पावरको ३.४९ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.