आईतवार, आश्विन ६,२०८१ 10:24:03
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:24:03
IME remit
Global IME Bank Limited

सिटिजन र नेपाल लाइफको मात्रै सेयरभाउ बढ्यो, आइएमईको सर्वाधिक कारोबार

Hyundai Nepal
सिटिजन र नेपाल लाइफको मात्रै सेयरभाउ बढ्यो, आइएमईको सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र ब्यापार उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी ११ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचक नै घटेका छन् । जीवन बीमा समूह ०.४० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९७ प्रतिशतले घटेको छ ।  

बीमा समूह घट्दा आज सिटिजन लाइफ र नेपाल लाइफको मात्रै सेयरभाउ बढेको छ । सिटिजन लाइफको सेयरभाउ ०.२० प्रतिशतले बढेर ४५३ रुपैयाँ नेपाल लाइफको ०.०२ प्रतिशतले बढेर ५९१.१० रुपैयाँ पुगेको छ ।  

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २ प्रतिशतले घटेर ५८३.१० रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यस्तै, युनाइटेड अजोडको १.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४५ प्रतिशत, सलिकोको १.२३ प्रतिशत, सन नेपाल लाइफको १.१५ प्रतिशत, सुर्यज्योति लाइफको ०.९५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९३ प्रतिशत, एनएलजीको ०.९१ प्रतितश, हिमालयन रि को ०.६८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५९ प्रतिशत, आइएमई लाइफको ०.५२ प्रतिशत, हिमालयन लाइफको ०.५० प्रतिशत, सानिमा जिआइसीको ०.४९ प्रतिशत, आरबीसीएलको ०.४५ प्रतिशत, एशियन लाइफको ०.३८ प्रतिशत र आइजीआई प्रुडेन्सियलको ०.३७ प्रतिशतले सेयरभाउ घटेको छ ।  

यसका साथै एआइसी नेपालको ०.३० प्रतिशत, शिखरको ०.३० प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.२० प्रतिशत, नेशनल लाइफको ०.१८ प्रतिशत र नेपाल रि को ०.१७ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयर आज एकैदिन २८ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.