बुधबार, माघ ९,२०८१ 12:32:59
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:32:59
IME remit
Global IME Bank Limited

तीन बीमा कम्पनीको सेयरमूल्यमा अपर सर्किट, हिमालयन रि को सर्वाधिक कारोबार

Hyundai Nepal
तीन बीमा कम्पनीको सेयरमूल्यमा अपर सर्किट, हिमालयन रि को सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच हुँदा २७ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह ५.८५ प्रतिशत र निर्जीवन बीमा समूह २.९७ प्रतिशतले बृद्धि भएको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

बीमा उपसूचक बृद्धि हुँदा आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सुर्यज्योति लाइफ, हिमालयन लाइफ र शिखर इन्स्योरेन्स रहेको छ । यी तीनवटै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सुर्यज्योति लाइफको सेयरभाउ ६०७ .२० रुपैयाँ र हिमालयन लाइफको ५७६.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको सेयरभाउ ९.८८ प्रतिशत बढेर १०२३ रुपैयाँ पुगेको छ । यसका साथै आइएमई लाइफको ६.६४ प्रतिशत, सिटिनज लाइफको ६.४४ प्रतिशत, नेशनल लाइफको ६.४२ प्रतिशत, सन नेपाल लाइफको ६.१९ प्रतिशत, नेशनल लाइफको ६.१७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ४.९४ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.८२ प्रतिशत, एशियन लाइफको ४.६८ प्रतिशत, नेको इन्स्योरेन्सको ४.३० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ४.२५ प्रतिशत र सानिमा रिलायन्स लाइफको ४.२४ प्रतिशतले सेयरभाउ बढेको छ ।

त्यस्तै, सानिमा जिआइसीको ३.४१ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.८८ प्रतिशत, एलआइसी नेपालको २.२६ प्रतिशत, आरबीसीएलको २.२३ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.०३ प्रतिशत, सलिकोको २.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८० प्रतिशत, युनाइटेड अजोडको १.५६ प्रतिशत, हिमालयन एभरेष्टको १.४८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८० प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.२० प्रतिशतले सेयरभाउ बढेको छ ।

आज सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको एकैदिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रो हिमालयन लाइफको ५७ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.