शुक्रबार, श्रावण २२,२०८३ 04:09:21
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 04:09:21
Bizshala
Global IME Bank Limited

सेयरबजारको गिरावट आजपनि जारी, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

सेयरबजारको गिरावट आजपनि जारी, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
New Office

काठमाण्डौ । सेयरबजारको गिरावट आजपनि जारी रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१५ प्रतिशत अर्थात ४.०५ अंकले घटेर २ हजार ६५०.०९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ४६३.५६ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३३४ वटा स्क्रिप्टको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ७७ करोड ४३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड बढीको सेयर कारोबार भएको थियो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘सेयरबजार बढ्नका लागि सबै पक्ष सकारात्मक हुँदाका वाबजुत पनि बजार बढ्न सकिरहेको छैन । यतिबेला लगानीकर्ताहरुको कन्फिडेन्ट राम्रो नहुँदा पूँजीबजारले लय लिन नसकेको अवस्था छ । बैंकिङ क्षेत्रमा तरलता फालाफाल छ, सस्तो ब्याजदरमै लोन पाइरहेको छ, तर बजारमा अपेक्षित पैसा आउन सकिरहेको छैन । यस्तो अवस्थाले अहिले लगानीकर्ताहरु ‘पर्ख र हेर’ कै अवस्थामा छन् भन्ने बुझिन्छ ।’

उनले भने, ‘अहिलेको बजारको अवस्था हेर्दा त्यति धेरै तल घटेको पनि छैन र माथि उक्लिन पनि सकिरहेको छैन । न्यून कारोबारमा बजार सीमित भइरहेको अवस्थामा सरकारले लगानीकर्ताको मनोबल उच्च बनाउने कार्य गर्न आवश्यक छ । बजारको लागि सिजन भएपनि लगानीकर्ताहरु सक्रिय नदेखिदा बजारको गति बढ्न सकिरहेको छैन । अब सरकारले नै लगानीकर्ताको कन्फिडेन्ट बढाउनुपर्ने देखिन्छ तबमात्र बजार माथि जाने देखिन्छ र लगानीकर्ताहरु फेरी बजारमा सक्रिय भई लगानी गर्न आउनेछन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये चारवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.५२ प्रतिशतले बढ्यो । यस्तै उत्पादन तथा प्रशोधन समूह ०.२५, लघुवित्त ०.०१ र व्यापार ०.१९ प्रतिशतले बढ्यो ।  

यो दिन फाइनान्स समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२४ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.२७, हाईड्रो ०.१३, लगानी ०.१७, जीवन बीमा ०.३१, निर्जीवन बीमा ०.२४ र अन्य ०.१४ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सोलु हाईड्रो पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३९ करोड २५ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावर कम्पनीको २३ करोड २ लाख, सानिमा बैंक लिमिटेडको १७ करोड ८ लाख, खानीखोला हाईड्रोको १३ करोड ६१ लाख र आँखुखोला जलविद्युतको ११ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कुनैपनि कम्पनीहरुको सेयरमूल्यमा अपर सर्किट लागेन । आज आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.५४ प्रतिशतले बढ्यो । यस्तै एनएलआई लार्ज क्याप फण्डको मूल्य ५.१८ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ५.१६ र एनआईसी एशिया सेलेक्ट फण्ड ३० को मूल्य ३.९७ प्रतिशतले बढ्यो ।  

यो दिन अपर लोहरे खोला हाईड्रोको मूल्य सर्वाधिक अर्थात ६.९३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.