Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 04:17:50
Bizshala
Global IME Bank Limited

सेयरबजार ०.५४% ले घट्यो, जानकार भन्छन्, ‘बजार बढ्न नीतिगत सुधार आवश्यक’

सेयरबजार ०.५४% ले घट्यो, जानकार भन्छन्, ‘बजार बढ्न नीतिगत सुधार आवश्यक’
New Office

काठमाण्डौ । सेयरबजार आजपनि घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले घटेर ४४९.९३ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबारमा भने ४ अर्ब १९ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार खोमनाथ प्याकुरेल भन्छन्, ‘अहिले बजारमा खासै नयाँ कुरा केही आएको छैन । बजार बढ्नका लागि खासै माहोल बनेको छैन । समग्रमा हेर्दा बजार बढ्नका लागि पोजेटिभ सेन्टिमेन्ट देखिदैन । केही दिनअघि अर्थमन्त्रीले सेबोन अध्यक्ष र गर्भनरसँग पूँजीबजार सुधारका लागि सुझावहरु मागिएको कुरा पनि सत्य हो वा होइन अन्योल छ । यस्तै खालका अन्योलताले बजार जसोतसो चलिरहेको छ । आज अन्तिम समयसम्ममा उद्योगमन्त्रीको राजिनामाले पनि बजारलाई केही इफेक्ट गरेको हुनसक्छ ।’

ेउनले थपे, ‘साथै आजको बजार घट्नुको मुख्य कारण रिलायन्स स्पिनिङ मिल्सको दबदबा कायम रहनु पनि हो । समग्रमा बजारको अवस्था तत्कालै सुधार हुने देखिदैन । सरकारले केही पोजेटिभ कुरा ल्यायो भने ३–४ सय अंकले बढ्न सक्ला तर त्यसको लागि लगानीकर्तामा कन्फिडेन्ट पनि देखिनुपर्दछ । लगानीकर्ताको मनोबल उच्च बनाउन नीतिगत सुधार आवश्यक छ । सम्बन्धित निकायले मुख्यगरी अहिले संस्थापक र पब्लिक सेयरको नीतिगत व्यवस्था सुधार्न जरुरी छ ।’

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.१४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४७, विकास बैंक ०.३४ प्रतिशत, फाइनान्स ०.६६,  होटल ०.५०, हाईड्रो ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, लघुवित्त ०.५६, म्युचुअल फण्ड ०.५७, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार ०.२७ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज लिबर्टी इनर्जीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४५ करोड ४८ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायान्स स्पीनिङ मिल्सको २१ करोड १२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ११ लाख र नेपाल एसबीआई बैंकको १६ करोड ७९ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज लिबर्टी इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै दोल्ती पावरको सेयरमूल्य ८.२२ प्रतिशत, अपर लोहरे खोला हाईड्रोको ७.०२ र इमर्जिङ नेपालको सेयरमूल्य ५.४६ प्रतिशतले बढ्यो ।

यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १४.९८ प्रतिशतले घट्यो । यस्तै प्रभु सेलेक्ट फण्डको मूल्य १०.२२ प्रतिशत, प्रभु स्मार्ट फण्डको ९.३० र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२४ प्रतिशतले घट्यो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.