आईतवार, बैशाख ६,२०८३ 11:10:42
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:10:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘ लगानीको सिजन सुरु भयो’

Bizshala
दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘ लगानीको सिजन सुरु भयो’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.७९ अंकले बढेर २ हजार १५२.१४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले बढेर ३८०.९६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड १४ लाख ७४ हजार ५५० कित्ता सेयर ५ अर्ब ४२ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘असारको दबाव सकिनु,नयाँ सत्ता समीकरणसँगै मौद्रिक नीति आउनु, फालाफाल तरलतासँगै कर्जाको ब्याजदर घट्नु र सेयर लगानीको सिजन पनि सुरु हुनु जस्ता कारणले आज बजारमा वृद्धि देखिएको हो ।’

घिमिरेको विचारमा अहिले ५ अर्ब माथिको कारोबार हुनुले पनि बजारको वृद्धिलाई पुष्टि गरेको छ । बजारमा नकारात्मक विषय केहि पनि नभएकाले समेत बजारमा सुधार आएको उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टको विचारमा पनि नयाँ सत्ता समीकरणसँगै लचक मौद्रिक नीति आउने सम्भावनाका कारण बजार आज हरियाली भएको हो । केहि समयमै बजार २५ सयसम्म पुग्न सक्ने उनले आँकलन गरे ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ४ वटा समूहमा भने रातो पोतियो र एउटा समूह भने स्थिर रह्यो । आज लघुवित्त समूहमा उछाल आएको छ । यो समूह आज ३.०६ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक २.४६ प्रतिशत,बैंकिङ समूह ०.५३ प्रतिशत,हाईड्रो ०.५२,लगानी ०.३६,जीवन बीमा ०.२६,निर्जीवन बीमा ०.४४ र अन्य समूह ०.६६ प्रतिशतले बढ्यो । आज म्युचुल फण्ड समूह स्थिर रह्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । नेपाल फाइनान्सको आज १६ करोड २१ लाख बढीको,जानकी फाइनान्सको १३ करोड ५६ लाख,ङादी ग्रुप पावरको १३ करोड १६ लाख र ग्लोबल आइएमई लघुवित्तको १२ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज चारवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गणपति लघुवित्त,आत्मनिर्भर लघुवित्त,बुद्धभूमि नेपाल हाईड्रो र युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ४ प्रतिशतले घट्यो । साथै आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.९० प्रतिशत र जानकी फाइनान्स कम्पनीको सेयरमूल्य ३.२६ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.