काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।
जीवन बीमा समूह १.८५ प्रतिशत र निर्जीवन बीमा समूह १.७४ प्रतिशतले घट्दा आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.८७ प्रतिशतले घटेर १८२५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको १.६८ प्रतिशत, सिटिजन लाइफको १.२८ प्रतिशत, हिमालयन लाइफको २.३६ प्रतिशत, आइएमई लाइफको १.२५ प्रतिशत, एलआइसी नेपालको १.४७ प्रतिशत, नेपाल लाइफको २.०१ प्रतिशत, नेशनल लाइफको ०.९८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.५० प्रतिशत, रिलायबल नेपाल लाइफको २.२९ प्रतिशत, सूर्यज्योति लाइफको १.६० प्रतिशत, सन नेपाल लाइफको २.०५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.९८ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको २.६४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५८ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.३७ प्रतिशत, नेको इन्स्योरेन्सको १.५२ प्रतिशत, एनएलजीको १.७३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ४.४५ प्रतिशत, प्रभुको २.७८ प्रतिशत, आरबीसीएलको ०.४४ प्रतिशत, सलिकोको ०.५० प्रतिशत, सानिमा जिआइसीको १.३९ प्रतिशत, शिखरको १.२३ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.३१ प्रतिशत, युनाइेट अजोडको ३.४५ प्रतिशत, हिमालयन रि को २.५८ प्रतिशत र नेपाल रि को २.३६ प्रतिशतले घटेको छ ।

