सोमबार, असार ३०,२०८२ 08:21:46
  • सोमबार, असार ३०,२०८२ 08:21:46
Global IME Bank Limited

नेप्से परिसूचक ३५ अंकले घट्यो, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव’

Hyundai Nepal
नेप्से परिसूचक ३५ अंकले घट्यो, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.२७ प्रतिशत अर्थात ३५.०९ अंकले घटेर २ हजार ७२८.८० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४२ प्रतिशतले घटेर ४७४.३५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,‘आजको घटाई असार मसान्तको क्लोजिङको प्रभाव हो । यसका साथै बजारमा आज नाफा बुक समेत देखिएको छ । ब्रोकरले हिसाब मिलाउनु पर्ने भएकाले पनि बिक्री दबाब आएको हो ।’

यो बेला नयाँ सेयर कर्जा पनि प्रवाह नहुने र म्युचुअल फण्ड जस्ता संस्थाहरुले पनि हिसाब मिलान गर्न सेयर बिक्री गर्ने भएका कारण बजारमा बिक्री दबाब आएको र केही दिनमा बजार पुन सम्हालिने उनले बताए ।

Muktinath Bikas Bank Limited

अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘मौद्रिक नीति सकारात्मक आउने पहिले नै थाहा भईसकेका कारण बाठा लगानीकर्ता पहिलनै सेयर खरिद गरेको र त्यस्ता लगानीकर्ताले आज नाफा बुक गर्दा बजारमा बिक्री दबाब आएको हो ।’

यद्यपी उनले भोलिबाटै बजारले लय समात्ने बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज हाईड्रो समूह ०.१५ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.४६ प्रतिशतले ओरालो लाग्यो ।  

यस्तै विकास बैंक समूह १.४८ प्रतिशत,फाइनान्स १.१३, होटल ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८,लघुवित्त १.२३, म्युचुअल फण्ड ०.१७, निर्जीवन बीमा १.०५, अन्य १.२४ र व्यापार समूह ०.६४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४० करोड ८८ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ३९ करोड ४५ लाख, सानिमा बैंकको २४ करोड ७५ लाख, एनआईसी एशिया बैंकको २३ करोड ९० लाख र साहस उर्जाको १८ करोड १० लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । यो दिन माईखाला हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.९० प्रतिशतले घट्यो ।  

यस्तै हिमालयन हाईड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाईड्रोको ४.४३ र सिनर्जी पावरको सेयरमूल्य ४.१२ प्रतिशतले बढ्यो ।  

सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.४६ प्रतिशतले घट्यो । धौलागिरी लुवित्तको सेयरमूल्य पनि आज ४.३४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयरमूल्य ३.८० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.