बुधबार, भाद्र २५,२०८२ 10:24:11
  • बुधबार, भाद्र २५,२०८२ 10:24:11
Global IME Bank Limited

नेप्सेमा उच्च अंकको पहिरो, जानकार भन्छन्,‘केही नेताको नकारात्मक टिप्पणीले बजारमा दबाव’

Hyundai Nepal
नेप्सेमा उच्च अंकको पहिरो, जानकार भन्छन्,‘केही नेताको नकारात्मक टिप्पणीले बजारमा दबाव’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको पहिरो गएको छ । आज नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंकले घटेर २ हजार ६५१.३२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.५३ प्रतिशतले घटेर ४६४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार हालसम्मकै उच्च हो । यसअघि गत साउन १६ गते हालसम्मके उच्च कारोबार भएको थियो । त्यसदिन २१ अर्ब ९१ करोड बढीको सेयर कारोबार भएको थियो ।  

आजको कारोबार गत २०७८ भदौ ८ पछिकै उच्च कारोबार हो । त्यबेला १६ अर्बको कारोबार भएको थियो । २०७८ भदौ २ गते हालसम्मकै उच्च कारोबार अर्थात २१ अर्ब ६४ करोडबराबरको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘ पछिल्लो समय बजार बिना करेक्सन निरन्तर बढिरहेको थियो । पुराना लगानीकर्ताले बीच–बीचमा करेक्सन हुँदै गएको बजार बलियो हुने बताईरहेका थिए । र आज बजार केही माथि पुगेर करेक्सनमा आएको छ । जुन आवश्यक पनि थियो ।’

बजार केही करेक्सनपश्चात लयमा फर्कन सक्ने र यस्तो बेला लगानीकर्ताले राम्रा कम्पनीमा लगानी गर्नुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए । यद्यपी कम्पनीकै नाम तोकेर संसदमा कुरा उठ्नु भने राम्रो नभएको उनले बताए ।  

स्वदेशीसँगै विश्व बजारका समेत राम्रो अनुभव भएका बजार जानकार मुक्ति अर्याल भन्छन्,‘आजको घटाई पुल ब्याक मात्रै हो । किनकी आज बजार ५ प्रतिशतले मात्रै घटेको छ । लगातार घटेको बजारमा यो घटाई स्वभाविक नाफा बुकको परिणाम हो ।’

केही पूर्व अर्थमन्त्री, सांसद र नेताले पनि बजारका बारेमा नकारात्मक टिप्पणी गर्दा र यही बेला लगानीकर्ताले पनि नाफा बुक गर्दा बजारमा दबाव परेको उनको ठम्याई छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूहमा सर्वाधिक अर्थात ८.२७ प्रतिशतको गिरावट आयो । यस्तै बैंकिङ समूह ५.९६ प्रतिशत,विकास बैंक ५.४३, होटल ८.०३,हाईड्रो ४.७४,लगानी ६.३८,जीवन बीमा ६.३३,उत्पादन तथा प्रशोधन ४.७१,लघुवित्त ३.८३,म्युचुअल फण्ड १.५५,निर्जीवन बीमा ५.०२ र अन्य समूह १.३२ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ३९ करोड बढीको कारोबार भयो । यस्तै आज नेपाल रिको पनि ४८ करोड ३६ लाख,सिईडिबि हाईड्रोको ४३ करोड १८ लाख,सानिमा माई हाईड्रोको ४२ करोड २३ लाख र शिवम् सिमन्ेटको ४१ करोड ३ लाख बढीको सेयर कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज थ्रिस्टार हाईड्रो र कुथेली बुखरी स्मल हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै आज रुरु जलविद्युतको सेयरमूल्य ३.१६ र मैलुङ खोला जलविद्युतको सेयरमूल्य १.६८ प्रतिशतले बढ्यो ।  

आज १४ वटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । आज नेपाल फाइनान्स,गोर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माई हाईड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर,शुभम् पावर,हाथवे  इन्भेष्टमेन्ट,ओरियन्टल होटल,श्री इन्भेष्टमेन्ट,तारागाँउ रिजेन्सी होटल, मोलुङ हाईड्रोपावर,वेष्ट फाइनान्स,नेपाल वेयरहाउजिङ,रिलायन्स फाइनान्स, सिटिजन बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.