बुधबार, चैत्र २०,२०८१ 03:44:05
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:44:05
IME remit
Global IME Bank Limited

२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’

Hyundai Nepal
२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात ५७.९९ अंकले घटेर २ हजार ६३९.९२ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ प्रतिशतले घटेर ४७६.२४ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन् ‘लगातार यसरी बजार घट्नुमा मुख्य कारण राजनीतिक नै हो । रबी लामिछानेको केसले सरकार परिवर्तन होला वा ठूलो आन्दोलन होला भन्ने डरले लगानीकर्ता डराएको देखिन्छ ।’

यी बाहेक अन्य कुनै कारण नभएको र बैंकहरुको रिपोर्ट पनि राम्रो नै आउन सक्ने आँकलन थापाको रहेको छ । प्राविधिक रुपमा अब बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २६ सय आसपास बलियो सपोर्ट रहेको उनले बताए ।  

त्यसैगरि, अर्को  बजार जानकार विरेन्द्र विष्टले पनि आज बजार घट्नुमा राजनीतिक कारण नै मुख्य विषय रहेको दाबी गरे । अब ७ गतेसम्म बैंकको रिपोर्ट आउने र बजारमा सकरात्मक माहोल बन्नेमा विष्ट विश्वस्त देखिए। ‘अब बजार २६ सय विन्दुमा बलियो सपोर्ट लिएर फर्कन्छ’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । यो दिन वित्त समूहमा सर्वाधिक गिरावट आएको छ । वित्त समूह आज ३.३८ प्रतिशतले घटेको छ । यस्तै बैंकिङ समूह २.३० प्रतिशत,विकास बैंक १.७८, वित्त ३.३८,होटल १.६६,हाईड्रोपावर २.०५,लगानी २.५१,जीवन बीमा २.१५,उत्पादन तथा प्रशोधन १.६५,लघुवित्त १.८९,म्युचुअल फण्ड ०.७२,निर्जीवन बीमा १.७६,अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ३ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको आज १७ करोड ७६ लाख, कुमारी बैंकको १७ करोड ६८ लाख,गुडविल फाइनान्सको १४ करोड २४ लाख र नेपाल फाइनान्सको १३ करोड ९६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै कालिका लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशत,पिपुल्स हाईड्रोपावरको ४.८४ र मानुषी लघुवित्तको सेयरमूल्य ३.९९ प्रतिशतले बढ्यो ।  

ङादी ग्रुप पावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.२० प्रतिशतले घट्यो । गूडविल फाइनान्सको सेयरमूल्य ५.६५ प्रतिशतले घटेको आज छ्याङदी हाईड्रोको सेयरमूल्य ४.७९ र इष्टर्न हाईड्रोको सेयरमूल्य ४.७५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.