बुधबार, चैत्र २०,२०८१ 02:54:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:54:19
IME remit
Global IME Bank Limited

नेप्सेमा ७५ अंकको उछाल, कारोबार ६ महिनामै उच्च

Hyundai Nepal
नेप्सेमा ७५ अंकको उछाल, कारोबार ६ महिनामै उच्च
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.६७ प्रतिशत अर्थात ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ४८४.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको कारोबार गत ६ महिनापछिकै उच्च हो । यसअघि गत भदौ १८ गते १३ अर्ब ५७ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘पछिल्लो समय कारोबारी र लगानीकर्ता सबै बजारमा हाबी भएको देखिन्छ । यही कारण हाई क्याप र मिड क्याप कम्पनी चलेका छन् । यस्तै देशको आर्थिक सूचक राम्रो हुनु, सरकारले सेयरबजारप्रति सकारात्मक धारणा राख्नु र बैंकहरुका लागि मौद्रिक नीतिको समीक्षामा केही लचक नीति आउनु जस्ता कारणले बजारमा सुधार आएको छ ।’

यस्तै उनले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको आगमन हुने विषय र भारतीय सेयर बजारबाट नाफा बुक गरेका लगानीकर्ता नेपाली बजारमा प्रवेश गरेको हुनसक्ने भएकाले बजारमा सुधार आएको बताए ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि बजार बढ्नुमा दुई–तीनवटा मुख्य कारण रहेको बताए । जसमा पहिलो भनेको न्यून ब्याजदर हुनु, नयाँ गभर्नर आउने विषय र मौद्रिक नितीको समीक्षाप्रति राष्ट्र बैंक केही लचक देखिनुले बजारमा पछिल्लो समय निरन्तर सुधार आईरहेको उनले बताए ।  

उनको विचारमा अल्पकालका लागि भन्दापनि ४–६ महिना अवधिका लागि बजारमा लगानी गर्नु उपयुक्त रहेको छ ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ४.७९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.२३ प्रतिशत, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल ४.१४, हाईड्रो १.९८,लगानी ३.०३, जीवन बीमा ४.३१,लघुवित्त १.३५,निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार समूह १.०६ प्रतिशतले बढ्यो ।  

आज घट्ने म्युचुअल फण्ड समूह मात्रै घट्यो । यो समूह आज १.२७ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९७ करोड ३६ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ८५ करोड ५४ लाख,सिन्धु विकास बैंकको ४० करोड ४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड ३४ लाख र साहस उर्जाको २६ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज हिमालयन डिस्टलरी,गाडियन माइक्रो लाइफ,नेपाल लाइफ इन्स्योरेन्स,सिन्धु विकास बैंक,दोर्दी खोला जलविद्युत र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

पोखरा फाइनान्सको सेयरमूल्य पनि आज ९.२१ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ८.८०,सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०९ र शिवम् सिमेन्टको सेयरमूल्य ७.९६ प्रतिशतले बढ्यो ।  

यो दिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । अपर हेवाखोला हाईड्रोको सेयरमूल्य पनि आज ५.४७ प्रतिशत र भूगोल इनर्जीको सेयरमूल्य ३.४२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.