मंगलवार, फाल्गुन २६,२०८२ 05:10:45
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 05:10:45
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन्, ‘संसद पुनर्स्थापनाको हल्लाले दबाबमा बजार’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, विश्लेषक भन्छन्, ‘संसद पुनर्स्थापनाको हल्लाले दबाबमा बजार’
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.४६ प्रतिशत अर्थात १२.५८ अंकले घटेर २ हजार ६८३.१५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५३ प्रतिशतले घटेर ४५६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ८ अर्ब ६३ करोड १५ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब २२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘सेयरबजार लगानीकर्ताको सेन्टिमेन्टसँग कनेक्ट हुने भएकाले लगानीकर्तामा कन्फिडेन्ट नआएसम्म सेयरबजार बढ्न सक्दैन । पछिल्लो केही दिनयता संसद पुनर्स्थापना हुने हल्लाले बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । एकापट्टी चुनावको माहोल र अर्कोतिर संसद पुनर्स्थापना हुने हल्लाले बजार अब के होला भन्ने खालको अन्योलता सिर्जना भएको छ । लगानीकर्ताहरुले वास्तवमै चुनाव खोजिरहेका छन् । नयाँ आउने सरकारले पूँजी बजारका लागि केही राम्रो गर्ला र स्थिर सरकारपछि लगानीको वातावरण राम्रो होला भन्ने लगानीकर्ताहरुमा आशा छ । राजनीतिक पक्ष राम्रो नहुँदासम्म सेयरबजारको मुभमेन्ट राम्रो बन्नै सक्दैन । केही दिनयता बजार घट्नुको कारण बजारमा ट्रेडरहरुले सेयर बेचेको पनि हुन सक्छ । एकदुई दिन बजार यस्तै रहेर बढ्न सक्ने आँकलन गर्न सकिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटामा हरियाली छायो भने १० वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७९ प्रतिशतले बढ्यो ।

यस्तै उत्पादन तथा प्रशोधन समूह ०.३७ र म्युचुअल फण्ड समूह १ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६३ प्रतिशत, विकास बैंक ०.६१, हाईड्रो ०.९७, लगानी ०.५१, जीवन बीमा ०.३९, लघुवित्त ०.४२, निर्जीवन बीमा ०.३५, अन्य ०.५६ र व्यापार समूह ०.४६ प्रतिशतले घट्यो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाई प्यानल नेपालको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, आँखुखोला जलविद्युतको ४१ करोड, युनियन हाईड्रोपावरको ३२ करोड २२ लाख, पिपुल्स पावरको २५ करोड ७ लाख र बन्दिपुर केवलकारको २४ करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कालिञ्चोक दर्शन र एचएलआई लार्ज क्याप फण्डको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य पनि आज ५.१५ प्रतिशत, राँवा इनर्जीको ४.८७ र एसवाई प्यानलको सेयरमूल्य ४.८४ प्रतिशतले बढ्यो ।

आज सान्भी इनर्जीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य ४.६३ प्रतिशतले घट्यो । यस्तै पियोर इनर्जीको सेयरमूल्य ४.५९ र शिवश्री हाईड्रोको सेयरमूल्य ४.०५ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.