मंगलवार, आश्विन १३,२०८३ 06:25:52
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:25:52
Bizshala
Global IME Bank Limited

आज पनि घट्यो नेप्से,जानकार भन्छन्,‘अर्थमन्त्रीको स्टन्टबाजीले उभो लागेन बजार ’

Bizshala
आज पनि घट्यो नेप्से,जानकार भन्छन्,‘अर्थमन्त्रीको स्टन्टबाजीले उभो लागेन बजार ’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.३७ अंक अर्थात ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ३६५.४२ विन्दुमा पुगेको छ । 

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अर्थमन्त्रीको बजार सुधार गर्ने उधारो आश्वासनले बजारमा प्रभाव परेको देखिएन । नियामक निकायले कार्ययोजना पेश गरेको ७२ घण्टा बितिसक्दा पनि कुनै निर्णय हुन सकेको छैन । जसका कारण लगानीकर्तामा यो एउटा स्टन्टबाजी मात्रै हो कि भन्ने भान परेको छ । ’ सरोकारवाला निकायमहरु जस्तै धितोपत्र बोर्ड,राष्ट्र बैंक र अर्थ मन्त्रालय एकै ठाउँमा बसेर सेयर बजार सम्बन्धी नीतिगत सुधार गर्नुपर्ने उनले बताए । 

अर्का बजार जानकार यज्ञ घिमिरे पनि लगानीकर्ताले सरकारसँग अपेक्षा गरे अनुरुप काम हुन नसक्दा बजार घटेको र लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनी बताउँछन् ।‘चैत मसान्तको दबावले पनि बजार घटेको हुन सक्छ ।’उनले भने । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापार समूह मात्रै हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आएको छ । आज व्यापार समूह ०.६५ प्रतिशतले बढ्यो । बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको आज विकास बैंक,०.४४,वित्त ०.१६,होटल १.०२,हाईड्रो ०.८४,लगानी ०.७६,जीवन बीमा ०.८२,उत्पादन तथा प्रशोधन ०.०६,लघुवित्त १.३२,म्युचुअल फण्ड ०.४०,निर्जीवन बीमा ०.८३ र अन्य समूह ०.८२ प्रतिशतले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन माछापुच्छ्रे बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको संस्थापक सेयरको १ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको २७ करोड ३ लाख,शिवम् सिमेन्टको १४ करोड २८ लाख,सोनापूर मिनरल्सको १२ करोड ७३ लाख र हिमालयन रिको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।

 धरै कमाउने र गुमाउने कम्पनीहरु

 आज सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य क्रमशः९.९९ र ९.९१ प्रतिशतले बढ्यो । यो दिन उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.६१,नेपाल फाइनान्सको ४.४६ र पोखरा फाइनान्सको सेयरमूल्य ३.७८ प्रतिशतले बढेको छ । सर्वाधिक सेयरमूल्य गिरावट आउने कम्पनीको रुपमा आज बुद्धभुमि नेपाल हाईड्रो रहेको छ । 

यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको आज बोटलर्स नेपाल(बालाजु)को ९.४६,गोर्खाज फाइनान्सको ७.६१,गु्ँरास लघुवित्तको ५.४५ र लक्ष्मी लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ । 

आज ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८८ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । ८ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै पनि परिवर्तन भएन ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.