बिहीबार, श्रावण १४,२०८३ 04:23:17
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:23:17
Bizshala
Global IME Bank Limited

सेयरबजारमा लगातार चौथो दिनपनि गिरावट, कारोबार रकम ३.३८ अर्बमा झर्यो

सेयरबजारमा लगातार चौथो दिनपनि गिरावट, कारोबार रकम ३.३८ अर्बमा झर्यो
New Office

काठमाण्डौ । बिहिबारको कारोबारमा पनि सेयरबजारमा गिरावट आएको छ । लगातार चौथो दिनपनि घट्ने क्रममा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात १६.२९ अंकले घटेर २ हजार ६७२.५८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४६७.६९ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३३७ वटा स्क्रिप्टको ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ३८ करोड १३ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘अहिले बजारको सेन्टिमेन्ट नेगेटिभ छ, बजारमा खासै भोल्युम छैन । लगानीकर्ताहरु पनि प्यानिक अवस्थमा छन्, जसकारण बजारमा खरिद भन्दा बढी बिक्री दबाब देखिएको छ । अहिले मार्केटको पैसा सबै बाहिर गएको छ । लगानीकर्ताहरु बजारमा ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् ।’

उनले थपे, ‘मार्केटको लागि सिजन मानिएपनि यो समयमा बजार नबढ्दा लगानीकर्ताहरु प्यानिक अवस्थामा पुगेर सेयर फालिरहेका छन् । अब सरकारले नै नीतिगत रुपमा केही संशोधन गरेमा बजारमा सुधार आउन सक्छ, नत्र केही समय बजारमा यस्तै प्यानिक देख्न सकिन्छ । दीर्घकालिनका लागि भने फन्डामेन्टल राम्रा तथा बलिया कम्पनीहरुमा लगानी गर्दा केही प्रतिशत भएपनि रिटर्न पाउने सम्भावना देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.२० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२३ प्रतिशत, विकास बैंक समूह १.१२, फाइनान्स ०.१३, होटल ०.२१, हाईड्रो ०।३९, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, लघुवित्त ०.४७, निर्जीवन बीमा ०.१९,अन्य ०.६९ र व्यापार ०.४२ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २४ करोड ३८ लाख बढीको सेयर कारोबार भयो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख, रिडी पावरको १० करोड ७७ लाख, खानीखोला हाईड्रोपावरको १० करोड ५८ लाख र आँखुखोला जलविद्युतको ८ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सेन्ट्रल फाइनान्सको सेयरमूल्य २.८८ प्रतिशत र शुभम् पावरको २.१७ प्रतिशतले बढ्यो ।

यो दिन कालिञ्चोक हाईड्राको मूल्य सर्वाधिक अर्थात १४.९९ प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १२.६८ र सोलु हाईड्रोको सेयरमूल्य ३.८२ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.