आईतवार, आश्विन ६,२०८१ 10:19:23
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:19:23
IME remit
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटै उपसूचक घटेका छन् । बीमा समूहका दुइवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.४९ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४५ प्रतिशतले घटेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्न बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.९८ प्रतिशतले घटेर १२६० रुपैयाँ कायम भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ३.२५ प्रतिशत, हिमालयन एभरेष्टको ३.२३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.१३ प्रतिशत, आरबीसीएलको २.८६ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको २.६७ प्रतिशत, सुर्यज्योति लाइफको २.६७ प्रतिशत, हिमालयन लाइफको २.६६ प्रतिशत, एलआइसी नेपालको २.५९ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५६ प्रतिशत र नेशनल लाइफको २.५५ प्रतिशतले सेयरभाउ घटेको छ । यसका साथै सन नेपाल लाइफको २.४९ प्रतिशत, सानिमा जिआइसीको २.४१ प्रतिशत, युनाइटेड अजोडको २.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.३३ प्रतिशत, नेको इन्स्योरेन्सको २.२५ प्रतिशत, आइएमई लाइफको २.१२ प्रतिशत, शिखर इन्स्योरेन्सको २.०४ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.८४ प्रतिशत, एशियन लाइफको १.७६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.५१ प्रतिशत र सिटिजन लाइफको ०.३० प्रतिशतले सेयरभाउ घटेको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.