आईतवार, बैशाख ६,२०८३ 11:16:52
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:16:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका लगानीकर्ताले सर्वाधिक गुमाए

Bizshala
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

सेयरबजार घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५२ प्रतितशले घटेको छ भने निर्जीवन बीमा समूह ०.५९ प्रतिशतले घटेको छ । आज ४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्नेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.०४ प्रतिशतले बढेर १३५७ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, नेशनल लाइफको १.६५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४३ प्रतिशत र सानिमा जिआइसीको ०.१४ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.५४ प्रतिशतले घटेर ६३८ रुपैयाँ कायम भएको छ । 

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, सिटिजन लाइफको १.४२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.४१ प्रतिशत, शिखर इन्स्योरेन्सको १.४१ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३४ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.०८ प्रतिशत, नेपाल लाइफको १.०६ प्रतिशत, हिमालयन लाइफको १.०६ प्रतिशत, आरबीसीएलको १ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.९४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९३ प्रतिशत, एशियन लाइफको ०.६३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४२ प्रतिशत, एलआइसी नेपालको ०.४० प्रतिशत, आइएमई लाइफको ०.३३ प्रतिशत, सुर्यज्योति लाइफको ०.२१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१२ प्रतिशत र सन नेपाल लाइफको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.