मंगलवार, फाल्गुन ५,२०८२ 12:35:52
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:35:52
Bizshala
Global IME Bank Limited

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८३ लाख ५७ हजार ८६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने ३ समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । 

जीवन बीमा समूह ०.४७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढेको छ । आज २० वटा बीमा कम्पनीको सेयरमूल्य बढेका छन् । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य ३.२१ प्रतिशतले बढेर ५७८ रुपैयाँ पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, सिटिजन लाइफको १.६३ प्रतिशत, एनएलजीको १.१९ प्रतिशत, हिमालयन एभरेष्टको १.१६ प्रतिशत, सन नेपाल लाइफको १.०५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९१ प्रतिशत, आइएमई लाइफको ०.७२ प्रतिशत, प्रभु महालक्ष्मीको ०.७० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६१ प्रतिशत, एशियन लाइफको ०.५६ प्रतिशत, हिमालयन लाइफको ०.३९ प्रतिशत, एलआइसी नेपालको ०.२८ प्रतिशत, नेशनल लाइफको ०.२६ प्रतिशत, सुर्यज्योति लाइफको ०.१२ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.४५ प्रतिशतले घटेर ६६३ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, शिखरको ०.२८ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.२४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१९ प्रतिशत, नेपाल लाइफको ०.१८ प्रतिशत र आरबीसीएलको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ । बीमा कम्पनीमा आज सर्वाधिक युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.