Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 04:05:45
Bizshala
Global IME Bank Limited

आजपनि झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा झर्यो

आजपनि झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा झर्यो
New Office

काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४६३.६१ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ५३ करोड २१ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ९ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी भन्छन्, ‘पछिल्लो समय बजार सस्टेन हुन नसक्नुमा मुख्यगरी सरकार र सम्बन्धित निकायहरुको कमजोरी छ । सेयर लगानीकर्तालाई भरोसा दिलाउनउ नसक्दा पूँजीबजारले गति लिन सकेको छैन, जसकारण सरकार आफैंलाई पनि घाटा छ । अहिले लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड र सरकारबाट आश्वासन खोजिरहेका छन् । तर बोर्डले भरोसा दिलाउन नसक्दा बजारमा थप लगानी भित्रिन सकेको छैन । सेबोनका अध्यक्षप्रति लगानीकर्ताको विश्वास विस्तारै हराउँदै गएको छ ।’

उनले थपे, ‘पब्लिसिटीमा बढी फोकस र परिणाममा शुन्यता देखिदा नयाँ अध्यक्षप्रतिको विश्वास गुम्दै गएको छ । त्यसमाथि अहिले बोर्ड सर्ट सेलिङ र इन्ट्रा डे मा बढी फोकस भएको छ यदि बजारमा यो व्यवस्था आयो भने तिहारमा पटका पड्काएको जस्तो मात्रै हुन्छ, प्रभाव खासै देखिदैन । अहिले सेयर लगानीकर्ताहरु पनि दोस्रो बजार भन्दा बढी प्रि–आईपीओतिर बढी पैसा खन्याइरहेका छन्, जसकारण बजारमा भोल्युम बढ्न सकिरहेको छैन ।’

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज लगानी समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०५ प्रतिशत, फाइनान्स ०.२४, होटल ०.८५ र म्युचुअल फण्ड ०.२९ प्रतिशतले बढ्यो ।  

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.२२ प्रतिशत, हाईड्रो ०.४०, जीवन बीमा ०.१५, लघुवित्त ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० र व्यापार ०.२१ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३१ करोड ६० लाख बढीको सेयर कारोबार भयो । यस्तै सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख, सोलु हाईड्रोको २२ करोड ६ लाख र खानीखोला हाईड्रोको १० करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै आज इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य ५.४८ प्रतिशत, एचआईडीसीएलको ४.९५ र सानीमा लार्ज क्याप फण्डको मूल्य ४.१८ प्रतिशतले बढ्यो ।  

यो दिन अप्पर लोहरेखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १४.९८ प्रतिशतले घट्यो । महिला लघुवित्तको सेयरमूल्य पनि आज ५.१८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.