बुधबार, भाद्र १७,२०८३ 04:34:48
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 04:34:48
Bizshala
Global IME Bank Limited

सेयरबजार लगातार दोस्रो दिन पनि बढ्यो, ‘बजार बटममा पुग्दा ट्रेडरले बढाए खरिद’

सेयरबजार लगातार दोस्रो दिन पनि बढ्यो, ‘बजार बटममा पुग्दा ट्रेडरले बढाए खरिद’
New Office

काठमाण्डौ । बुधबारको कारोबारमा पनि सेयरबजार वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६१ प्रतिशत अर्थात १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४४९.१८ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३५४ वटा स्क्रिप्टको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने २ अर्ब ९० करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘सेयरबजारलाई अस्तिको बाढीले प्रभाव पारेको थियो । तर समग्रमा हेर्दा पछिल्लो समयको बजारलाई एउटा फ्याक्टरले प्रभाव पारिरहेको छ । बजार साइडवेजमा रहेर ‘बटम जोन’मा पुगिसकेको थियो । मार्केटमा यतिबेला ट्रेडरहरु मात्रै सक्रिय छन् । ‘स्विङ ट्रेडर’ ले नेप्से तल्लो विन्दुमा आउँदा सेयर किनेको देखिन्छ, जसकारण हिजो र आज सेयरबजारमा हरियो देखिएको छ ।’

उनले थपे, ‘अब यहि अवस्था हेरेरै बजार अब के हुन्छ भन्न सकिँदैन । लाभांशको सिजन पनि भएकाले पूँजीकरणको हिस्सा ठूलो भएका कम्पनीले राम्रै लाभांश दिंदा नेप्से सूचकमा समेत प्रभाव पारेको देखिएको छ । जस्तै आज ग्लोबल आइएमईले लाभांश घोषणा गर्दा समग्र बजार थोरै पोजेटिभ देखिएको छ । यसबाहेक बजार घटेर बटम जोनमा पुगेकाले ट्रेडरहरुले सेयर उठाएको पनि बुझ्न सकिन्छ ।’

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छायो। आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.९५ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.७३ प्रतिशत, विकास बैंक ०.५९, फाइनान्स ०.९१, होटल ०.१८, लगानी ०.४१, जीवन बीमा ०.०९, लघुवित्त ०.४३, अन्य ०.८० र व्यापार ०.७२ प्रतिशतले बढे।  

आज म्युचुअल फण्ड र निर्जीवन बीमा समूह मात्रै घटे । यी समूहहरु क्रमशः ०.०९ र ०.०७ प्रतिशतले घटे ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सानिमा मिडिल तमोरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १४ करोड १७ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६४ लाख, सोलु हाईड्रोको १२ करोड १४ लाख र शिवम् सिमेन्टको १० करोड ८९ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ११.८७ प्रतिशतले बढ्यो ।

यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको १०.२३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.१० र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ९.११ प्रतिशतले बढ्यो ।

यो दिन एनएमबी इनर्जी बोण्डको मूल्य सर्वाधिक अर्थात ५.८१ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.