बुधबार, चैत्र २०,२०८१ 02:59:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:59:02
IME remit
Global IME Bank Limited

सूचक र कारोबार दुवैमा सुधार, विकास बैंक समूहमा चमक

Hyundai Nepal
सूचक र कारोबार दुवैमा सुधार, विकास बैंक समूहमा चमक
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.११ अंकले बढेर २ हजार ६२६.३१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४४९.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर ५ अर्ब २० करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको ४ अर्ब ४३ करोडको तुलनामा बढी हो ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यष तारा फुल्लेलले  भन्छन्,  ‘ लगानीकर्ताको मनोबल बढ्न नसक्दा केही समयदेखि सेयर बजार बढ्न सकिरहेको छैन । यसका लागि धितोपत्र बोर्डले बजार सुधारका कार्यक्रमहरु ल्याउन आवश्यक छ । नीतिगत सहजताका लागि राष्ट्र बैंकसँग समन्वय गर्न पनि आवश्यक देखिन्छ ।’  

नयाँ स्टक एक्सचेञ्ज आउँदै गरेको र कर्जाको उपलब्धता जस्ता सकारात्मक विषय गर्दा लगानीकर्ता डराउनु पर्ने अवस्था भने नरहेको उनले बताए ।  

अर्का कजार जानकार दामोदर गजुरेलले बजार ३ महिनादेखि साइडवेजमा चलेको बताए । ‘कम्पनीहरुको लाभांश सन्तोषजनक नै रहेको देखिन्छ । यद्यपी लगानीकर्ताले अपेक्षा गरेबमोजिम नआउँद भने अहिले नै ठूलो र्यालीको सम्भावना देखिदैन । प्राविधिक रुपमा केही दिनदेखि बढेको बजार २६८० विन्दुमाथि रहेको खण्डमा बजारले पुनः अप ट्रेण्ड लिन सक्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूहमा सर्वाधिक बढ्यो । यो समूह आज १.७५ प्रतिशतले बढेर ५ हजार ५०३ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.७६ प्रतिशत, विकास बैंक १.७५,वित्त १.६२,होटल ०.९४,हाईड्रो ०.७१,लगानी ०.९६,जीवन बीमा ०.२८,लघुवित्त ०.९५,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.४९ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह आज क्रमशः २.३२ प्रतिशत र ०.४५ प्रतिशतले घटे ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १४ करोड ३१ लाख बढीको कारोबार भयो । जोशी हाईड्रोपावर कम्पनीको आज १३ करोड ६४ लाख,नेपाल फाइनान्सको ८ करोड ८२ लाख,सप्तकोशी डेभलपमेन्ट बैंकको ८ करोड ९ लाख र न्यादी हाईड्रोको ७ करोड ९० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गुँरास लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज ९.२३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.२३ प्रतिशत,न्यादी हाईड्रोको ८.३५ र गुडविल फाइनान्सको सेयरमूल्य ६.३६ प्रतिशतले बढ्यो ।  

यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले ओरालो लाग्यो । जानकी फाइनान्सको सेयरमूल्य पनि आज ८ प्रतिशत र युनिलिभर नेपालको ७.२३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.