मंगलवार, फाल्गुन ५,२०८२ 12:36:08
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:36:08
Bizshala
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, यस कारण ३ हजार विन्दुमाथि टिक्न सकेन बजार

सामान्य अंकले बढ्यो नेप्से, यस कारण ३ हजार विन्दुमाथि टिक्न सकेन बजार
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ५३३.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘बजार समग्रमा मजबुत नै छ । यद्यपी कारोबार र भोल्युम भने घटेको छ । जलविद्युत क्षेत्रमा १० अर्बबराबरको कारोबार भएपछि पुनःत्यो क्षेत्र सुस्त हुन गयो । त्यही कारण बजारमा भोल्युम कम आएको छ । ’

सरकार पूँजी बजारप्रति सकारात्मक नै भएको र राम्रा कम्पनीले छिट्टै लाभांश दिन सुरु गर्ने भएकाले बजार धेरै नघट्ने पाठक बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजारले ३ हजारको विन्दु पार गर्न नसकेको बताए । ‘लगानीकर्ताले बजार १ हजार अंकले बढिसकेको भन्दै नाफा बुक बढाएका छन् । लगानीकर्ताले घटेको मूल्यमा सेयर बेच्न नचाहदा र आक्रामक रुपमा सेयर खरिद गर्न पनि नचाहदा भोल्युम घटेको छ । अहिले लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा छन् ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा भने रातो पोतियो । आज विकास बैंक समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ४.५२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, वित्त १.२३,होटल १.३१,हाईड्रो ०.५५,जीवन बीमा ०.२८ र म्युचुअल फण्ड०.४९ प्रतिशतले बढ्यो ।  

आज लगानी समूह १.०८ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.५६,लघुवित्त ०.०२,निर्जीवन बीमा १.१२ र अन्य समूह ०.३० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब ३ करोड बढीको सेयर कारोबार भयो । यस्तै अरुण भ्याली हाईड्रोपावरको ४७ करोड ४७ लाख,हिमालयन रि इन्स्योरेन्सको ४४ करोड ८० लाख,ज्योति विकास बैंकको ३७ करोड ४४ लाख र अपि पावर कम्पनीको ३३ करोड १० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज तारागाँउ रिजन्सी होटल,नारायणी डेभलपमेन्ट बैंक,ज्याति विकास बैंक,कर्पोरेट डेमलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ३.७३ प्रतिशतले घट्यो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.