मंगलवार, आश्विन १३,२०८३ 07:00:12
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:00:12
Bizshala
Global IME Bank Limited

३ हजार विन्दुमाथि टिक्यो नेप्से, कारोबार साढे १८ अर्ब बढी

Bizshala
३ हजार विन्दुमाथि टिक्यो नेप्से, कारोबार साढे १८ अर्ब बढी
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात ३०.७६ अंकले बढेर ३ हजार २.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले बढेर ५१८.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्,‘ पछिल्लो समय लगानीकर्ताको मनोबल बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा परेको छ । अहिले बजारले ३२ सयको विन्दु पार गर्नका लागि शक्ति सञ्चय गर्दै अघि बढिरहेको देखिन्छ । सिजिनल रुपमा पनि यो समय भनेको बजार बढ्ने समय हो ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अहिले बकजार बढ्नुको मुख्य विषय लचक मौद्रिक नीति भएको उनले बताए । यस्तै न्यून ब्याजदर र कम्पनीहरुको चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक हुँदै गर्दा समेत बजारमा चार्म देखिएको उनको ठहर छ ।  

धितोपत्र लगानीकर्ता संघका कार्यसमिति सदस्य प्रेम ओली भन्छन्,  बजारमा दीगो र प्राकृतिक वृद्धि देखिएको छ । यसले नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्ने मौका समेत दिएको छ । कारोबारले पनि बजारलाई राम्रै साथ दिईरहेको छ । अब आउने बैंक तथा वित्तीय संस्थाको रिपोर्टले बजारमा थप उत्साह प्रदान गर्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.६९ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.१४ प्रतिशत, होटल ०.०४, हाईड्रो ०.४०, लगानी १.०९, जीवन बीमा ०.९८, उत्पादन तथा प्रशोधन ०.८८, लघुवित्त १.५७, म्युचुअल फण्ड ०.८३ र निर्जीवन बीमा १.०८ ले बढ्यो ।  

आज विकास बैंक समूह, फाइनान्स समूह  र व्यापार मात्रै घटे । यी समूहहरु क्रमशः ०.४९, ०.१० र ०.२५ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६४ करोड ४१ लाख बढीको सेयर कारोबार भयो । ग्रीन भेन्चर लिमिटेडको पनि आज ६३ करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख, हिमालयन रि इन्स्योरेन्सको ५२ करोड ७७ लाख र राधी विद्युत कम्पनीको ४९ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मुक्तिनाथ विकास बैंक, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

नेपाल वेयरहाउजिङको सेयरमूल्य पनि आज ८.०६ प्रतिशत, माईखोला हाईड्रोपावरको ७.२१, ग्रीन भेन्चर्सको ७.०४,सुपर मादी हाईड्रोको ६.३३ र शुभम् पावरको सेयरमूल्य ५.३५ प्रतिशतले बढ्यो ।  

समता घरेलु लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.६० प्रतिशतले घट्यो । विन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्य पनि आज २.९३ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य २.७३ प्रतिशतले घट्यो ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.