आईतवार, बैशाख ६,२०८३ 11:18:16
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:18:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, बजारले क्रमशः लय लिने विश्लेषकको विश्वास

Bizshala
नेप्सेमा दोहोरो अंकको बढोत्तरी, बजारले क्रमशः लय लिने विश्लेषकको विश्वास
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि सेयरबजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.७० प्रतिशत अर्थात १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ४५०.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको ७८ लाख ४ हजार ४५ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘धेरै दिनदेखि लगातार घटेको बजारमा आज सामान्य सुधार देखिएको छ । बजार बढेपनि कारोबार खासै बढेको छैन । यसर्थमा भोलुम कम हुनु भनेको कित्ता सेयर खरिद बिक्री कम हुनु हो । एक हिसाबमा कारोबार खासै नबढ्नुको कारण ब्रोकर कम्पनीहरुले लिमिट नदिएको पनि हुनसक्छ । समग्रमा हेर्दा बजार खासै घट्नुपर्ने त्यस्ता कारण छैनन् । हिजो मात्रै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क पनि राम्रो देखिएको छ । बैंक वित्तीय संस्थालाई गरिएको निर्देशनबमोजिम केही कम्पनीको डीपीएस बढ्न सक्ने देखिन्छ । विस्तारै बजार राम्रो हुँदै जान्छ, यसमा लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने स्थिति छैन ।’

अर्का बजार जानकार सुवास भट्टराईले पनि बजार विस्तारै माथि जान खोजेको बताए । ‘राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको थिएन, जसकारण केही दिनयता सेयरबजार लगातार घटिरहेको थियो’ उनले भने, ‘अझैपनि लगानीकर्ताहरुमा समयमै चुनाव हुने वा होइन अन्योलताले कन्फिडेन्ट बढ्न सकिरहेको छैन, राजनीतिक विषय बाहेक अन्य कुराहरु पोजेटिभ नै भएको हुँदा बजार अवश्य नै बढ्न भन्ने विश्वास चाहिँ छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक अर्थात १.५६ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह पनि आज ०.३५, फाइनान्स ०.४१, होटल १.४९, हाईड्रो ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.८६, म्युचुअल फण्ड ०.१३, निर्जीवन बीमा ०.८९ र अन्य १.१५ प्रतिशतले बढ्यो ।  

आज घट्ने एउटा मात्रै समूहको रुपमा व्यापार समूह रह्यो । यो समूह आज ०.०१ प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै लुम्बिनी विकास बैंकको १० करोड ३० लाख, हिमालयन रि इन्स्योरेन्सको ९ करोड ५७ लाख, सिईडिबि होल्डिङको ९ करोड २४ लाख र राधि विद्युत कम्पनीको ७ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै बाराही हाईड्रो पावरको सेयरमूल्य ७.०४ प्रतिशत, लुम्बिनी विकास बैंकको ५.८१ र कालिका लघुवित्तको सेयरमूल्य ५.७० प्रतिशतले बढ्यो ।

यो दिन स्वेत गंगा हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ४.१६ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.