आईतवार, बैशाख ६,२०८३ 11:20:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:20:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार

Bizshala
१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

सेयरबजार बढ्दा आज बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ०.८६ प्रतिशत र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बृद्धि भएको छ । आज १७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयभाउ बढ्ने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ७८०.२० रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ७.०५ प्रतिशत, हिमालयन रि को ५.१४ प्रतिशत, एलआइसी नेपालको ४.३७ प्रतिशत, सन नेपाल लाइफको २.७५ प्रतिशत, युनाइटेड अजोडको २.५५ प्रतिशत, एनएलजीको १.५२ प्रतिशत, एशियन लाइफको १.१३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६७ प्रतिशत र सुर्यज्योति लाइफको ०.६० प्रतिशतले सेयरभाउ बढेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसका साथै सिद्धार्थ प्रिमियरको ०.५८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३५ प्रतिशत, शिखरको ०.२३ प्रतिशत, हिमालयन लाइफको ०.१२ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०६ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.३३ प्रतिशतले घटेर ७४२.१० रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन एभरेष्टको १.३६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४० प्रतिशत, आरबीसीएलको १.१० प्रतिशत, सानिमा जिआइसीको ०.४५ प्रतिशत, आइएमई लाइmको ०.३३ प्रतिशत, नेशनल लाइफको ०.६१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३३ प्रतिशतले सेयरभाउ घटेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा चार बीमा कम्पनी परेका छन् ।

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक हिमालयन रि इस्योरेन्सको ९५ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफको ६१ करोड ४८ लाख रुपैयाँ, नेपाल रि को ६० करोड २९ लाख, र एलआइसी नेपालको १५ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.