काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले बढेको छ ।
आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१९ प्रतिशतले बढेर ७४४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.३४ प्रतिशत, प्रभुको १.३९ प्रतिशत, आरबीसीएलको १.३३ प्रतिशत, सलिकोको ०.८३ प्रतिशत, सानिमा जिआइसीको १.२४ प्रतिशत, शिखरको ०.९० प्रतिशत, सिटिजन लाइफको २.०२ प्रतिशत, आइएमई लाइफको १.०३ प्रतिशत, एलआइसी नेपालको १.६२ प्रतिशत, हिमालयन रि को १.५९ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२३ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.११ प्रतिशतले घटेर ५०५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको १.१६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८४ प्रतिशत, हिमालयन लाइफको ०.५१ प्रतिशत, नेपाल लाइफको ०.(७० प्रतिशत, नेशनल लाइफको २.१४ प्रतिशत, २.१४ प्रतिशत, सूर्यज्योति लाइफको ०.४२ प्रतिशत, सन नेपाल लाइफको ०.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३४ प्रतिशत, एनएलजीको १.२२ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२२ प्रतिशत र युनाइटेड अजोडको ०.२६ प्रतिशतले घटेको छ ।

