मंगलवार, आश्विन १३,२०८३ 06:58:01
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:58:01
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य वृद्धि, बिस्तारै लय समात्नेमा जानकार ढुक्क

Bizshala
सेयरबजारमा सामान्य वृद्धि, बिस्तारै लय समात्नेमा जानकार ढुक्क
New Office

काठमाण्डौ । आजको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२७ प्रतिशत अर्थात् ७.७३ अंकले बढेर २ हजार ७९६.४३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४६७.७२ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७४ करोड ८८ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘अब विस्तारै लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न थालेको छ । केही दिनयता देखिएको धरकपडहरुले बजार प्रभावित बनाएको थियो तर अब बजारलाई प्रभाव पार्ने खालका गतिविधि वा धरकपड सकिएका छन् । अब आगामी आव २०८३÷८४ को बजेट घोषणा नजिकिँदै गएको छ, लगानीकर्ताहरु बजेटप्रति उत्साहित छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले थपे, ‘अहिलेको सेनारियो हेर्दा सरकारले बजेटमा कर घटाउने नीति ल्याउने कुरा छ, यसले बजारलाई थप सकारात्मक प्रभाव पार्ने देखिन्छ । अहिले लगानीकर्ताहरुले खासै सेयर किन्न वा बेच्न चाइरहेका छैनन् यसकारण बजारमा खासै भोल्युम देखिएको छैन । तर अब बजेटअघि बजार विस्तारै भोल्युमसहित बढ्दै जानेछ । सम्भवतः बजेटअघि सेयरबजार ३ हजार वा ३२ सयको विन्दुमा पुग्ने देखिन्छ ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह समूह सर्वाधिक अर्थात १.५२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६८, विकास बैंक १.१४, फाइनान्स ०.४२, होटल ०.९७, जीवन बीमा ०.१३, लघुवित्त ०.२९ र निर्जीवन बीमा ०.१५ प्रतिशतले बढ्यो ।

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.३९ प्रतिशतले घट्यो । हाईड्रो समूह पनि आज ०.१९ प्रतिशत, लगानी ०.२८, म्युचुअल फण्ड ०.०७ र अन्य समूह ०.४४ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक अर्थात ३० करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी आँखुखोला जलविद्युतको २६ करोड १८ लाख, सोलु हाईड्रोको २३ करोड ९७ लाख, नेशनल हाईड्रोपावरको १४ करोड ८९ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १२ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै सिटी होटलको सेयरमूल्य १४.९९ प्रतिशत, झापा इनर्जीको ९.४४ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ६.८६ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३६ प्रतिशतले बढ्यो ।  

यो दिन माईखोला हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १०.०१ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.