बुधबार, चैत्र २०,२०८१ 03:13:18
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:13:18
IME remit
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, कस्तो रह्यो आजको कारोबार ?

Hyundai Nepal
सामान्य अंकले बढ्यो नेप्से, कस्तो रह्यो आजको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.८५ अंकले बढेर २ हजार ६६८.१७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४८०.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९४ वटा स्क्रिप्टको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.०५ प्रतिशतले बढेर ७ हजार १०३.६४ विन्दुमा पुग्यो ।  

यस्तै, आज बैंकिङ समूह ०.०४ प्रतिशत,वित्त ०.०५,होटल ०.०१,हाईड्रो ०.५५,लघुवित्त ०.१६,म्युचुअल फण्ड ०.३०,निर्जीवन बीमा ०.०५ र अन्य समूह ०.४४ प्रतिशतले घट्यो ।  

यस्तै आज विकास बैंक समूह ०.३८ प्रतिशत, लगानी ०.२२ प्रतिशतर जीवन बीमा समूह ०.४६ अंकले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड १ लाख बढीको कारोबार भयो । आज सानिमा बैंकको १८ करोड ९८ लाख,हिमालयन रिको १५ करोड ७२ लाख,शाहस उर्जाको १५ करोड २७ लाख र एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मिडसोलु हाईड्रो,अपर स्याङ्गे र राप्ती हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज अपर सोलु हाईड्रोको सेयरमूल्य ६.५५ प्रतिशत,पिपुल्स पावरको ६.४९ र सामुदायिक लघुवित्तको सेयरमूल्य ६.०१ प्रतिशतले बढ्यो ।  

यो दिन थ्रिस्टार हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतल् घट्यो । सानिमा बैंकको सेयरमूल्य पनि आज ४.३९ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.१४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.