मंगलवार, आश्विन १३,२०८३ 06:56:53
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:56:53
Bizshala
Global IME Bank Limited

लामो समयपछि नेप्सेमा उच्च अंकको वृद्धि, सबै समूहमा हरियाली

Bizshala
लामो समयपछि नेप्सेमा उच्च अंकको वृद्धि, सबै समूहमा हरियाली
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६२.२५ अंकले बढेर २ हजार ६७२.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४९ प्रतिशतले बढेर ४५१.२४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘निरन्तरको गिरावटका कारण बजार पछिल्लो समय तल्लो सपोर्ट लेभलमा थियो । त्यसैले धेरै घटेका कारण आज बजार फर्केको हुनसक्छ अथवा भित्रि कुनै गूड न्यूजका कारणले पनि बढेको हुनसक्छ । पछिल्लो समय बजार २५८० देखि २७ सयबीचको साइडवेजमा छ ।’

यसकारण आजको मात्रै बढोत्तरीले बजार बढिहाल्यो भन्न हतार हुने तर २७ सयमाथि टिकेको खण्डमा बजारले अप ट्रेण्ड लिने उनले बताए । उनका अनुसार आज बैंक र हाई क्याप कम्पनी चल्नु सकारात्मक विषय हो ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजार धेरै घटेको कारण बढेको र यही सातामै गभर्नर नियुक्ति हुने सम्भावनाका कारण बजारमा सुधार आएका बताए ।  

नेपाल सेयरधनी संघका उपाध्यष कमलराज अधिकारीले पनि सकारात्मक समाचारको अपेक्षाले नै बजार बढेको बताए । ‘यो साताभित्र प्रजातान्त्रिक धारको गभर्नर आउने तथा धेरै कम्पनीको सेयरमूल्य ५२ साताकै न्यून स्तरमा आएका कारण पनि बजारमा उच्च वृद्धि देखिएको छ,’ उनले भने ।  

आज कारोबारसहित सूचक पनि बढेका कारण बजार ३ हजारदेखि ३२ सय विन्दुसम्म पुग्नेमा उनी ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ५.५५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.८० प्रतिशत, विकास बैंक २.५९, होटल २.१४,हाईड्रो ३.१३, लगानी ०.९६, जीवन बीमा २.५४,उत्पादन तथा प्रशोधन १.१३, लघुवित्त २.२२,म्युचुअल फण्ड ०.५८,निर्जीवन बीमा २.७७, अन्य १.९९ र व्यापार समूह ०.५४ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड २० लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५४ करोड ७९ लाख, राधी विद्युतको ४३ करोड ११ लाख, युनिभर्सल पावरको ४२ करोड ६३ लाख र सिंगटी हाईड्रोको ४१ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,बुटवल पावर,ओम मेगाश्री फर्मास्युटिकल्स र पिपुल्स हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

जानकी फाइनान्सको सेयरमूल्य पनि आज ९.०७ प्रतिशत, दोर्दी खोला जलविद्युतको ८.६१ र इष्टर्न हाईड्रोको सेयरमूल्य ८.०६ प्रतिशतले बढ्यो ।  

न्यादी हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक अर्थात ४.४३ प्रतिशतको गिरावट आयो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.