बुधबार, फाल्गुन २८,२०८१ 09:45:05
IME remit
  • बुधबार, फाल्गुन २८,२०८१ 09:45:05
IME remit
Global IME Bank Limited

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स

Hyundai Nepal
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स
Nabil Bank Limited

काठमाण्डौ । साताको तस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड ५५ लाख ५९० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्से घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले घटेको छ । आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सिटिजन लाइफको सेयरभाउ ०.५७ प्रतिशतले बढेर ७२५ रुपैयाँ पुगेको छ भने प्रभु इन्स्योरेन्सको सेयरभाउ ०.५२ प्रतिशतले बढेर ९८९.९० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.८० प्रतिशतले घटेर १०१८ रुपैयाँ कायम भएको छ । 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

यसका साथै प्रभु महालक्ष्मी लाइफको ३.०९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.९१ प्रतिशत, नेको इन्स्योरेन्सको १.८९ प्रतिशत, एलआइसी नेपालको १.८८ प्रतिशत, शिखरको १.५८ प्रतिशत, एनएलजीको १.५७ प्रतिशत, नेशनल लाइफको १.५५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको १.५४ प्रतिशत, नेपाल लाइफको १.५२ प्रतिशत र हिमालयन लाइफको १.३३ प्रतिशतले सेयरभाउ घटेको छ । 

Sagarmatha Cement

त्यस्तै, सुर्यज्योति लाइफको १.२३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.०४ प्रतिशत, युनाइटेड अजोडको १.०४ प्रतिशत, सानिमा जिआइसीइको १.०२ प्रतिशत, हिमालयन एभरेष्टको ०.९४ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.६८ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, आइएमई लाइफको ०.४२ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.