मंगलवार, बैशाख ८,२०८३ 06:20:24
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 06:20:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार करिब १८ अंकले घट्यो, एउटा बाहेक सबै समूह राताम्मे

Bizshala
सेयरबजार करिब १८ अंकले घट्यो, एउटा बाहेक सबै समूह राताम्मे
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६३ प्रतिशत अर्थात् १७.९१ अंकले घटेर २ हजार ८०७.३१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४७०.७३ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ४३ करोड ७७ लाख रुपैयाँभन्दा बढी पुगेको छ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘अहिले बजारमा लय नदेखिनु वा लगानीकर्तामो कन्फिडेन्ट नदेखिनुको मुख्य कारण भनेकै अन्तर्राष्ट्रिय कारण हो । अमेरिका–इरानबीचको युद्धविराम हुने कुनै निश्चित देखिएको छैन, यसले विश्वअर्थतन्त्रमा धेरै प्रभाव पारिसकेको छ, अझै कति संकट भित्रिने हो कुनै निश्चित छैन । युद्धकै प्रभावले नेपालमा महँगी अत्यधिक बढीरहेको छ ।  

उनले थपे, ‘नेपाल राष्ट्र बैंकले महँगीको सन्तुलन मिलाउन अब बैंकहरुको ब्याजदर बढाउने सम्भावना छ, यसले सेयरबजारलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने देखिन्छ । बजार यसअघि २८६०–२८८० को आसपास रहँदा करेक्टिभ र्याली नै थियो, बजार यस्तै कारणले घटेर एकपटक २६ सय वा २७ सयको आसपास बस्न सक्छ । पूरै विश्वअर्थतन्त्र हेर्दा मार्केट बढ्ने अवस्था छैन । सरकारको रेभिन्यु पनि नभएका कारण बजार तत्कालै माथि जाने सम्भावना देखिँदैन । यदि बढीहाले पनि सर्ट टर्मका लागि केही स्टकहरु मात्रै बढ्न सक्छन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज होटल समूह मात्रै बढ्यो । यो समूह आज १.१६ प्रतिशतले बढ्यो ।  

अन्य समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज १.२७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४५ प्रतिशत, फाइनान्स १.०९, हाईड्रो १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.४९, म्युचुअल फण्ड ०.४५, निर्जीवन ०.८६ र व्यापार ०.९६ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज सोलु हाईड्रोपावरको सर्वाधिक अर्थात ३७ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी, रिलायन्स स्पनिङ मिल्सको ३० करोड १९ लाख, नेशनल हाईड्रोपावरको २३ करोड ४१ लाख, होटल फरेस्ट इनको २२ करोड २३ लाख र एसवाई प्यानल नेपालको १८ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सूर्यकुण्ड हाईड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १४.८२ प्रतिशत, एशियन हाईड्रोपावरको १०.३८, होटल फरेस्ट इनको ९.८८ र कुथेली बुखरी स्मल हाईड्रको सेयरमूल्य ४.६२ प्रतिशतले बढ्यो ।    

यो दिन दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ८.७१ प्रतिशतले घट्यो । सोलु हाईड्रोको सेयरमूल्य पनि आज ५.७७ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ४.७८ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.