बुधबार, चैत्र २०,२०८१ 03:41:47
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:41:47
IME remit
Global IME Bank Limited

लगातार ५ दिन घट्यो नेप्से, कारोबार पनि सुस्तायो

Hyundai Nepal
लगातार ५ दिन घट्यो नेप्से, कारोबार पनि सुस्तायो
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३२ अंकले घटेर २ हजार ६६९.८२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४५४.९१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ५ अर्ब ६२ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘बजार अहिले साइडवेज नै चलिरहेको छ । सरकारको स्थायित्वको विषयलाई लिएर अन्यौलता छाएको छ । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएता पनि नयाँ कार्यक्रम केही पनि आएको छैन । मार्जिन ट्रेडिङ र बैंकलाई लाइसेन्स दिने विषय ओझेलमा नै परेका छन् । यही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति लिन नसकेको हो ।’

यद्यपी आज भोल्युम ड्राई अप भएका कारण लगानीकर्ताले घटेर बेच्न नचाहेको उनले बताए । बजारमा तरलता अधिक भएकाले केही दिनमा बजारले फेरि गति लिन सक्नेमा उनी ढुक्क देखिए ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले पनि राजनीतिक अन्यौलता कै कारण बजारले गति लिन नसकेको बताउँछन् । ‘यसका साथै पुस र माघ महिना अफ सिजन भएकाले लगानीकर्ता घटेर बेच्न नचाहँदा र बढेर खान पनि नचाहेको कारण बजारले गति लिन नसकेको हो ।’

उनले केही दिनमा राजनीतिक माहोल सकारात्मक हुँदै गएमा बजारले पुनः गति लिने बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.३३ प्रतिशतले बढ्यो । होटल समूह आज ०.२८ प्रतिशत,लघुवित्त ०.१३ र व्यापार समूह ०.३० प्रतिशतले बढ्यो  

जीवन बीमा समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज १ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१५,विकास बैंक ०.५२,वित्त ०.७१,हाईड्रो ०.३३,लगानी ०.७९म्युचुअल फण्ड ०.१७ र निर्जीवन बीमा ०.१९ प्रतिशतले घट्यो ।  

आज अन्य समूह पनि ०.१६ अंकले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ९६ लाख बढीको कारोबार भयो । सानिमा माई हाईड्रोको आज १८ करोड ७६ लाख, जानकी फाइनान्सको १७ करोड १७ लाख,हिमालयन डिष्टिलरीको ११ करोड २७ लाख र नेपाल एसबिआई बैंकको १० करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन। आज जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ७.६७ प्रतिशतले बढ्यो । खानीखोला हाईड्रोको सेयरमूल्य आज ७.५३ प्रतिशत,गणपति लघुवित्तको ६.९१ र उपकार लघुवित्तको ६.२७ प्रतिशतले बढ्यो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले घट्यो । एलआईसी नेपालको सेयरमूल्य पनि आज ३.५९ र सपोर्ट माइक्रोफाइनान्सको २.८४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.