आईतवार, बैशाख ६,२०८३ 11:18:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:18:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

Bizshala
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.६४ प्रतिशत अर्थात १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४६२.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार कविराज तिमिल्सिना भन्छन्, ‘आजको बजार घटाई सामान्य नाफा बुक हो । गत साता बजार बढेकाले लगानीकर्ताहरुले नाफा बुक गर्दा आज सामान्य करेक्सन देखिएको हो । नेप्सेमा आएका नयाँ कम्पनीहरुमा राम्रै मार्जिन देखिएपछि लगानीकर्ताहरुले नाफा बुक गरेको बुझ्न सकिन्छ । आज भोल्युम १४ अर्ब रुपैयाँमाथिको छ । बजारमा ट्रेडरहरु हाबी हुँदा थोरै मार्जिनमा पनि बिक्री गर्ने प्रवृत्तिले बजारमा करेक्सन देखिन पुगेको छ । तर मार्केटको सिनारियो हेर्दा खासै डराउनुपर्ने अवस्था भने छैन । चुनावी माहोल भएकाले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढेको छ । बजार बढ्नका लागि सकारात्मक पक्षहरु छन्, जसकारण चुनावअघि एउटा राम्रो र्याली आउने जस्तो देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज हाईड्रो,लगानी र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः०.३८, ०.०५ र ०.३६ प्रतिशतले बढे ।  

यो विकास बैंक समूह सर्वाधिक अर्थात २.२२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४७ प्रतिशत, फाइनान्स १.७५, होटल १.२९, जीवन बीमा ०.६३, उत्पादन तथा प्रशोधन २.१२, लघुवित्त ०.६०, निर्जीवन बीमा ०.६८, अन्य १.१४ र व्यापार ०.१७ प्रतिशतले घट्यो ।

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानलको ५२ करोड २९ लाख, युनाइटेड मोदी हाईड्रोको ४६ करोड ६४ लाख, युनियन हाईड्रोपावरको ४४ करोड ६२ लाख र राधी विद्युतको ४३ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज हिमाल दोखला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.२३ प्रतिशतले बढ्यो । शिवश्री हाईड्रोको सेयरमूल्य पनि आज ९.१९ प्रतिशत, कालिका पावरको ८.३२, राँवा इनर्जीको ७.४६ र शुभम् पावरको सेयरमूल्य ५.९२ प्रतिशतले बढ्यो ।

आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । यस्तै सान्भी इनर्जीको सेयरमूल्य ९.८५ प्रतिशत र दरमखोला हाईड्रोको सेयरमूल्य ९.३८ प्रतिशतले घट्यो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.