शुक्रबार, असार २६,२०८३ 04:44:47
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:44:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘सेयर किन्ने र बेच्ने अवस्था नै छैन’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘सेयर किन्ने र बेच्ने अवस्था नै छैन’

काठमाण्डौ । आज सेयरबजार झिनो अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०८ अंकले बढेर २ हजार ७०५.५३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६४.४३ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५२ वटा स्क्रिप्टको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड ७५ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४ करोड ७८ लाख बढीको सेयर कारोबार भएको थियो।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारकोको व्यवस्था नहुँदा त्यसको रियाक्ट अहिले बजारमा देखिएको छ । अहिलेको अवस्थामा बजारमा ठूलो भोल्युम पनि छैन । अहिलेको सेनारियो हेर्दा सेयर किन्न र बेच्न अवस्था छैन । लगानीकर्ताहरुले सस्तोमा सेयर बेच्न चाहिरहेका छैनन् र खरिद गर्न पनि माहोल राम्रो नभइदिदा कारोबार दैनिक खुम्चिदै गएको छ ।’

उनले थपे, ‘सरकारले बजेटमार्फत बढाएको करको इफेक्ट सेयरबजारमा देखिएको छ । यो बेला सिजनल अनुसार बजार चल्नुपर्ने हो तर नयाँ कम्पनीहरु बाहेकका कम्पनीहरु चल्न सकेका छैनन् । बजार अहिले साइडवेजमै चलिरहेको छ । यस्तै अवस्था हो भने २७ सयबाट तल खसेर २६ सय वा २५८० को विन्दुमा पुगेर बजार बल्ल फर्किने सम्भावना रहन्छ । अब लगानीकर्ताको एउटै आशा भनेकै मौद्रिक नीति छ, तर बजेटमै नीतिहरु स्पष्ट भइसकेकाले त्यसबाट पनि खासै आशा गर्न सकिने अवस्था छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये पाँचवटा समूह बाहेक अन्य सबैमा रातो पोतियो । आज लगानी समूह सर्वाधिक अर्थात ०.५३ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स ०.१४, हाईड्रो ०.३० र उत्पादन तथा प्रशोधन समूह ०.५१ प्रतिशतले बढ्यो । विकास बैंक समूह भने ०.४६ अंकले बढ्यो ।

यो दिन होटल तथा टुरिजम समूह सर्वाधिक अर्थात ०.६४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१८, जीवन बीमा ०.०७, लघुवित्त ०.०४, म्युचुअल फण्ड ०.०५, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ र व्यापार ०.६० प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक अर्थात २१ करोड १७ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पिीनिङ मिल्सको १८ करोड ३२ लाख, बुङ्गल हाईड्रोको १७ करोड ८३ लाख, सेन्ट्रल फाइनान्सको १६ करोड ८३ लाख र आँखुखोला जलविद्युतको १५ करोड ९५ लाख बढीको सेयर कारोबार भयो ।  

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै बुङ्गल हाईड्रोको सेयरमूल्य ७.५० प्रतिशत र त्रिशुली जलविद्युतको सेयरमूल्य ५.९२ प्रतिशतले बढ्यो ।

यो दिन दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात ३.३५ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.