Bizshala
  • बिहीबार, पुष १७,२०८२ 05:28:41
Bizshala
Global IME Bank Limited

सेयरबजारमा १२.८३ अंकको गिरावट, जानकार भन्छन्, ‘पुस मसान्तको दबाब’

Hyundai Nepal
सेयरबजारमा १२.८३ अंकको गिरावट, जानकार भन्छन्, ‘पुस मसान्तको दबाब’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात १२.८३ अंकले घटेर २ हजार ६२०.९२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले घटेर ४५४.२९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३६ वटा स्क्रिप्टको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

CG Motors
Bizshala
Garima Development Bank

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘अहिले लगानीकर्ताहरुमा अझैपनि चुनाव समयमै हुने हो या होइन त्यो अन्यौलता छ । लगानीकर्ताहरुले मनोबल बढाउन नसक्दा बजारले लय समाउन सकेको छैन । साथै, अहिले पुस मसान्तको क्लोजिङको समयले गर्दा पनि बजारलाई थप दबाब पुगेको छ । पुस मसान्तको लागि लगानीकर्ताहरुले ब्याजको जोहो गर्नुपर्दा सेलिङ प्रेसर पनि देखिएको छ । अहिले बजार बटम लेभलमा छ । यदि चुनाव तोकिएको समयमा हुने पक्कापक्की भएमा र लगानीकर्ताहरुमा मनोबल बढ्ने देखिन्छ र मार्केट बटम लेभलबाट फर्किएर माथि उक्लिन सक्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह मात्रै बढ्यो । यो समूह आज ०.०१ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६४, विकास बैंक ०.४७, फाइनान्स ०.७४, होटल ०.४९, हाईड्रो ०.३०, लगानी ०.६०, जीवन बीमा ०.७८, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.४०, म्युचुअल फण्ड ०.५३ र निर्जीवन बीमा ०.१९ प्रतिशतले घट्यो ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

 

 धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाईपी प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, शिवम् सिमेन्टको १३ करोड ८० लाख, बुटवल पावरको १२ करोड २३ लाख, बन्दीपुर केवलकारको ११ करोड ६७ लाख र बुङ्गल हाईड्रोको ११ करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै एसवाई प्यानलको सेयरमूल्य ९.०९ प्रतिशत, हिमस्टार उर्जाको ८.०९, बुङ्गल हाईड्रोको ४.७८ र कालिका पावरको सेयरमूल्य ४.६० प्रतिशतले बढ्यो ।  

यो दिन बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ४.३४ प्रतिशतले घट्यो। सयपत्री हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.०४ प्रतिशत र लक्ष्मी लघुवित्तको सेयरमूल्य २.९३ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.