मंगलवार, फाल्गुन ५,२०८२ 12:39:17
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:39:17
Bizshala
Global IME Bank Limited

सेयरबजारमा १२.८३ अंकको गिरावट, जानकार भन्छन्, ‘पुस मसान्तको दबाब’

सेयरबजारमा १२.८३ अंकको गिरावट, जानकार भन्छन्, ‘पुस मसान्तको दबाब’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात १२.८३ अंकले घटेर २ हजार ६२०.९२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले घटेर ४५४.२९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३६ वटा स्क्रिप्टको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘अहिले लगानीकर्ताहरुमा अझैपनि चुनाव समयमै हुने हो या होइन त्यो अन्यौलता छ । लगानीकर्ताहरुले मनोबल बढाउन नसक्दा बजारले लय समाउन सकेको छैन । साथै, अहिले पुस मसान्तको क्लोजिङको समयले गर्दा पनि बजारलाई थप दबाब पुगेको छ । पुस मसान्तको लागि लगानीकर्ताहरुले ब्याजको जोहो गर्नुपर्दा सेलिङ प्रेसर पनि देखिएको छ । अहिले बजार बटम लेभलमा छ । यदि चुनाव तोकिएको समयमा हुने पक्कापक्की भएमा र लगानीकर्ताहरुमा मनोबल बढ्ने देखिन्छ र मार्केट बटम लेभलबाट फर्किएर माथि उक्लिन सक्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह मात्रै बढ्यो । यो समूह आज ०.०१ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज सर्वाधिक अर्थात १.०९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.६४, विकास बैंक ०.४७, फाइनान्स ०.७४, होटल ०.४९, हाईड्रो ०.३०, लगानी ०.६०, जीवन बीमा ०.७८, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.४०, म्युचुअल फण्ड ०.५३ र निर्जीवन बीमा ०.१९ प्रतिशतले घट्यो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

 

 धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाईपी प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, शिवम् सिमेन्टको १३ करोड ८० लाख, बुटवल पावरको १२ करोड २३ लाख, बन्दीपुर केवलकारको ११ करोड ६७ लाख र बुङ्गल हाईड्रोको ११ करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यस्तै एसवाई प्यानलको सेयरमूल्य ९.०९ प्रतिशत, हिमस्टार उर्जाको ८.०९, बुङ्गल हाईड्रोको ४.७८ र कालिका पावरको सेयरमूल्य ४.६० प्रतिशतले बढ्यो ।  

यो दिन बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ४.३४ प्रतिशतले घट्यो। सयपत्री हाईड्रोपावरको सेयरमूल्य पनि आज ३.०४ प्रतिशत र लक्ष्मी लघुवित्तको सेयरमूल्य २.९३ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.