Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:19:16
Bizshala
Global IME Bank Limited

लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’

Hyundai Nepal
लगातार दुईदिन घट्यो नेप्से, जानकार भन्छन्,‘नाफा बुक मुख्य कारण’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०६ प्रतिशत अर्थात ३१.५० अंकले घटेर २ हजार ९२२.६३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३२ प्रतिशतले घटेर ५०१.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,  ‘केही समयदेखि लगातार बढेको बजारमा हिजाआज करेक्सन आएको छ । यसले बजारलाई थप मजबुत बनाउन सहयोग गरेको छ । आधारभूत रुपमा हेर्दा अहिले डराउनु पर्ने कुनै कारण छैन । अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको हो ।’

उनले अर्को साताबाट बजार फर्कनेमा विश्वास व्यक्त गरे ।  

CG Motors
Bizshala
Garima Development Bank

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि नाफा बुककै कारण बजारमा दबाब आएको बताए । यसका साथै उधारो कारोबारको सेटलमेन्ट र आईजिनको विषय जस्ता कारणले बजार घटेको उनले बताए ।  

‘अर्थतन्त्रका सबै सूचक सकारात्मक छन् । त्यहि कारण बजार घट्नु पर्ने अन्य कुनै कारण छैन । आगामी साताबाट भने बजारले पुनः लय समात्ने छ,’ उनले भने ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूह १.१८ प्रतिशतले बढ्यो ।  

व्यापार समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.४४ प्रतिशतले ओरालो लाग्यो । यो दिन बैंकिङ समूह १.४४ प्रतिशत,विकास बैंक, ०.४७, होटल ०.९९, हाईड्रो १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, लघुवित्त ०.५०, म्युचुअल फण्ड ०.६०, निर्जीवन बीमा ०.७० र अन्य समूह ०.३० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब ३३ करोड बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ७५ करोड ३५ लाख, हिमालयन डिष्टिलरीको ६९ करोड ९ लाख, शिवम् सिमेन्टको ६७ करोड ११ लाख र लुम्बिनी विकास बैंकको ४१ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ट्रेड टावर, नेपाल फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सिन्धु विकास बैंकको सेयरमूल्य पनि आज ६.७४ प्रतिशत, सान्भी इनर्जीको ५.३९ र महुली लघुवित्तको सेयरमूल्य २.८१ प्रतिशतले बढ्यो ।  

भूगोल इनर्जीको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.१० प्रतिशतले घट्यो । माईखोला हाईड्रोको सेयरमूल्य पनि आज ५.७० प्रतिशत र अपर सोलु हाईड्रोको सेयरमूल्य ४.९४ प्रतिशतले घट्यो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.