काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.६६ अंकले बढेर २ हजार ७५५.४० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले बढेर ४५८.६४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन् ,‘ आज कारोबारको पहिलो प्रहरमा ५२ अंकले बजार घटाएर लगानीकर्ता अत्ताएर सेयर खोस्न खोजिएको थियो । तर बजारले अन्तिममा भने लय लिएको छ । लामो अवधिमा भने बजार बढ्ने नै हो । मौद्रिक नीतिको समीक्षा नराम्रो आउने देखिदैन,८ प्रतिशत ब्याजदरमा पैसा फालाफाल पाइएको छ, बजार तल्लो लेभलमा छ र नयाँ गर्भनर आउदै गर्दा एफएटीएफको ग्रे लिस्टबाट आत्तिनु पर्ने देखिदैन ।’
अर्थशास्त्री सूर्यनारायण पौडेलले पनि कारोबारको पहिलो प्रहरमा लगानीकर्तालाई अत्ताएर सेयर खोस्ने काम भएको बताए । उनको विचारमा पनि ग्रे लिस्ट र सेयर बजारको खासै सम्बन्ध नहुने भएकाले पूँजी बजारमा यसको खासै प्रभाव नपेर्न देखिन्छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ३.७२ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०३ प्रतिशत,लगानी १.३३, जीवन बीमा ०.८६,उत्पादन तथा प्रशोधन २.७८,म्युचुअल फण्ड ०.०२ र निर्जीवन बीमा समूह ०.१३ प्रतिशतले बढ्यो ।
व्यापार समूह आज सर्वाधिक अर्थात १.३२ प्रतिशतले घट्यो । विकास बैंक समूह आज ०.४८ प्रतिशत,वित्त ०.४५, होटल ०.५०,हाईड्रो ०.५६ र लघुवित्त समूह ०.६६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९५ करोड ६४ लाख बढीको कारोबार भयो । सिटिजन लाइफको पनि आज ६१ करोड ४८ लाख,नेपाल पुनर्बीमाको ६० करोड २९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माइक्रो लाइफ र कुमारी सबल योजनामा अपर सर्किट लाग्यो । छ्याङदी हाईड्रोको सेयरमूल्य आज ८.०२ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ७.२९ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ७.०५ प्रतिशतले बढ्यो ।
रिलायन्स फाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.२४ प्रतिशतले घट्यो । यो दिन उपकार लघुवित्तको सेयरमूल्य पनि ६.७९ प्रतिशत,पिपुल्स हाईड्रोको ६.०२ र अपर हेवाखोलाको सेयरमूल्य ५.२३ प्रतिशतले घट्यो ।