बुधबार, भाद्र २५,२०८२ 10:24:10
  • बुधबार, भाद्र २५,२०८२ 10:24:10
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट,‘पूँजीबजारप्रति इतिहासकै सकारात्मक सरकार भएकाले बजार बढ्छ नै’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट,‘पूँजीबजारप्रति इतिहासकै सकारात्मक सरकार भएकाले बजार बढ्छ नै’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २७.८४ अंक अर्थात १.३२ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२९ प्रतिशतले घटेर ३६९.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘केहि दिन देखि बढेको बजारमा आज नाफा बुक भएको देखिन्छ । आज अल्पकालिन लगानीकर्ता हाबी भएका कारण बजार घटेको छ । सबै लगानीकर्ता घटेर बेच्न तयार नहुँदा कारोबारमा समेत कमी आएको छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपी सरकार सकारात्मक रहेकोले आगामी साताबाट बजार पुन्रःसम्हालिने पाठकले बताए । उनले भने,‘अहिले पूँजीबजारप्रति इतिहासकै सकारात्मक सरकार गठन भएको देखिन्छ । लगानीकर्ताको माग सम्बोधन भएमा आगामी साताबाट बजारले फड्को मार्छ ।’

अर्का बजार जानकार अर्जुन थापा भन्छन्,‘लगानीकर्ता अझै पनि पूर्ण रुममा विश्वस्त नहुँदा बजार घट्न पुगेको हो । हामीले आज प्रधानमनत्रीलाई भेटेर पूँजीबजारका बारेमा अवगत गारएका छौं । प्रधानमन्त्री पनि यस विषयमा सकारात्मक देखिनु भएको छ । हामीले क्याप हटाउने,जोखिमभार घटाउने र गर्भनर र अर्थमन्त्री मिलेर संँगै काम गर्न सुझाव दिएका छौं ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सबै समूहमा गिरावट आएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ । आज यो समूह २.६५ प्रतिशतले घटेको छ ।  

त्यस्तै बैंकिङ समूह १.१४,विकास बैंक १.३४,वित्त १.०८,होटल ०.८७,हाईड्रो ०.६२,लगानी १.३३,उत्पादन तथा प्रशोधन १.०६,लघुवित्त २.०९निर्जीवन बीमा १.७०,अन्य ०.९३ र व्यापार समूह ०.७२ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ५० करोड ८ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन शिवम् सिमेन्टको २४ करोड ४ लाख,सोनापूर मिनरल्सको १६ करोड २४ लाख,गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख र हिमालयन रि इन्स्योरेन्स कम्पनीको ९ करोड ८४ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र मानु्षि लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै गुँरास लघुवित्तको सेयरमूल्य ९.९२ प्रतिशत,गोर्खाज फाइनान्सको ८.०८ र कर्णली डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.७१ प्रतिशतले बढेको छ ।  

आज स्वाभिमान लघुवित्तको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात ६.०२ प्रतिशतको गिरावट आएको छ ।  

यस्तै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ५.६६ प्रतिशत,धौलागिरी लघुवित्तको ५.३१,एलआईसी नेपालको ५.२० र एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ५.१३ प्रतिशतले घटेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.