मंगलवार, फाल्गुन ५,२०८२ 12:40:21
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 12:40:21
Bizshala
Global IME Bank Limited

२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

२७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । 

जीवन बीमा समूह १.९२ प्रतिशत र निर्जीवन बीमा समूह १.७० प्रतिशतले बढेको छ । आज २७ बीमा कम्पनीको सेयरभाउ बढेको छ भने दुई कम्पनीको मात्रै घटेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.९४ प्रतिशतले बढेर १२७९ रुपैयाँ ५० पैसा पुगेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, हिमालयन रि को २ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.१५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०१ प्रतिशत, नेको इन्स्योरेन्सको २.०७ प्रतिशत, एनएलजीको १.१५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.४२ प्रतिशत, प्रभुको ३.५० प्रतिशत, आरबीसीएलको ०.७४ प्रतिशत, सलिकोको १.१२ प्रतिशत, सानिमा जिआइसीको २.६५ प्रतिशत, शिखरको २.६६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.६२ प्रतिशत, युनाइटेड अजोडको २.४७ प्रतिशत र हिमालयन रि को ३.०६ प्रतिशतले बढेको छ । 

यसका साथै एशियन लाइफको २.५२ प्रतिशत, सिटिजन लाइफको ०.३४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.९० प्रतिशत, हिमालयन लाइफको २.४५ प्रतिशत, आइएमई लाइफको १.१३ प्रतिशत, एलआइसी नेपालको १.९४ प्रतिशत, नेपाल लाइफको २.३५ प्रतिशत, नेशनल लाइफको २.६५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.७४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.८४ प्रतिशत, सूर्यज्योति लाइफको ३.७४ प्रतिशत र सन नेपाल लाइफको १.९८ प्रतिशतले बढेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज गुमाउने बीमा कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ र सानिमा रिलायन्स लाइफ रहेको छ । गार्डियनको सेयरभाउ ०.९८ प्रतिशतले घटेर १७१२ रुपैयाँ कायाम भएको छ भने सानिमा रिलायन्स लाइफको सेयरभाउ ०.२५ प्रतिशतले घटेर ३९९ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.