सोमबार, असार २,२०८२ 04:54:58
  • सोमबार, असार २,२०८२ 04:54:58
Global IME Bank Limited

दोहोरो अंकले बढ्यो नेप्से, ‘बजारलाई कारोबार र भोल्युमको साथ’

Hyundai Nepal
दोहोरो अंकले बढ्यो नेप्से, ‘बजारलाई कारोबार र भोल्युमको साथ’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.४७ प्रतिशत अर्थात ४०.७६ अंकले बढेर २ हजार  ७९६.३८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ प्रतिशतले घटेर ४९१.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ४ करोड ९६ लाख ६६ हजार ७६१ कित्ता सेयर २१ अर्ब ८१ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘ सेक्टर रोटेशन हुँदै चलेको बजारमा इन्ट्रा डे करेक्सन मै बजार सम्हालिएको छ । कारोबार र भोल्युमले बजारलाई राम्रै साथ दिईरहेको छ । अर्थतन्त्र र मौद्रिक नीतिका व्यवस्थाहरु पनि बजारलाई सर्पोट गेर्न खालकै छन् ।’

प्राविधिक रुपमा क्यान्डल स्टिकबाट हेर्दा भने बजारमा सानोतिनो करेक्सन आउन सक्ने उनले बताए ।    

अर्का बजार जानकार महेश रिजाल पनि पौडेलको विचारमा सहमति जनाउँछन् । रिजालले अहिले बजारलाई भोल्युम र कारोबारले साथ दिईरहेको बताए । ‘आज प्रकाशित बैंकहरुको रिपोर्ट खासै नराम्रो छैन । जापान लगायतका विदेशी सेयर बजारमा आईरहेको गिरावटका कारण नेपाली सेयर बजारले गति लिन थालेको छ । विदेशी बजारमा कारोबार गर्ने नेपाली लगानीकर्ताहरु उताको गिरावटका कारण नेपाली बजारमा भित्रिएका देखिन्छन्,’ रिजालले भने ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज होटल समूहमा उछाल आयो । यो समूह सर्वाधिक अर्थात ६.६९ प्रतिशतले बढ्यो ।  

यस्तै अन्य समूह ५.७३ प्रतिशत,लगानी ३.५२,जीवन बीमा ३.२३,हाईड्रो ३.०९ र निर्जीवन बीमा १.२५ प्रतिशतले बढ्यो । यो दिन वित्त समूहमा सर्वाधिक गिरावाट आएको छ । यो समूह आज ४.६१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५० प्रतिशत,विकास बैंक ०.१५, उत्पादन तथा प्रशोधन ०.५१,लघुवित्त ०.७५ र म्युचुअल फण्ड समूह ०.१८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४९ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको आज सानिमा माई हाईड्रोको ४४ करोड ५१ लाख,शिवम् सिमेन्टको ४२ ७ लाख र माउन्टेन इनर्जीको ४० करोड ९३ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज रुरु जलविद्युत,सिईडिबि हाईड्रो,सगरमाथा जलविद्युत,कुथेली बुखरी स्मल हाईड्रो,भगवति हाईड्रो,माथिल्लो मैलुङ खोला,भिजन लुम्बिनी उर्जा,मुक्तिनाथ कृषि कम्पनी,सिटी होटल,माउन्टेन हाईड्रो,हाथवे इन्भेष्टमेन्ट,रावाँ इनर्जी र हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज पाँचथर पावर कम्पनीको सेयरमूल्य ८.८७ प्रतिशत,य्ुनाइ टेड इदी मर्दी,८.८६ र बुटवल पावर कम्पनीको सेयरमूल्य ८.५५ प्रतिशतले बढ्यो ।  

यो दिन नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो । साथै आज हिमालयन लघुवित्तको सेयरमूल्य ७.६२ प्रतिशत,गुहेश्वरी मर्चेण्टको ६.२९ र श्री इन्भेष्टमेन्टको सेयरमूल्य ६.२५ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.