सोमबार, भाद्र २३,२०८२ 08:25:13
  • सोमबार, भाद्र २३,२०८२ 08:25:13
Global IME Bank Limited

लगातार ५ दिन घट्यो नेप्से, ‘जेनजी प्रदर्शनले थप प्यानिक’

Hyundai Nepal
लगातार ५ दिन घट्यो नेप्से, ‘जेनजी प्रदर्शनले थप प्यानिक’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । लगातार ५ दिन घट्ने क्रममा आज नेप्से परिसूचक १.२२ प्रतिशत अर्थात ३३.१५ अंकले घटेर २ हजार ६७५.०९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ प्रतिशतले घटेर ४६२.५८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर ५ अर्ब २३ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘लगातार घटेको बजारमा आज भएको जेन–जी आन्दोलनले बजारमा थप दबाब सिर्जना गर्यो । आन्दोलनमा केही हताहत भएको खबर समेत आए । जसका कारण लगानीकर्ता माझ आगामी दिनमा आन्दोलनले कस्तो रुप लिन्छ भन्ने अन्यौलताका कारण बजार घट्न पुग्यो ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक रुपमा पनि इलिअट वेबको सेकेण्ड वेब चलेका कारण बजार यतिबेला करेक्सन भईरहेको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात २.३१ प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह पनि आज ०.९९ प्रतिशत, विकास बैंक समूह १.२३ प्रतिशत, फाइनान्स ०.८०, होटल्स १.२७, लगानी १.२८, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.२४,लघुवित्त १.३०, म्युचुअल फण्ड ०.५२, निर्जीवन बीमा १.१९ र अन्य १.३५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ६८ लाख बढीको सेयर कारोबार भयो । युनियन हाईड्रोको पनि आज २४ करोड ९ लाख, युनिभर्सल पावरको २३ करोड २४ लाख, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ९२ लाख र युनाइटेड मोदी हाईड्रोको १६ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिम स्टार उर्जा कम्पनीको सेयरमूल्यमा आज ९.९९ प्रतिशतको वृद्धिका साथ अपर सर्किट लाग्यो । युनियन हाईड्रोको सेयरमूल्य पनि आज ४.३५ प्रतिशत र युनिभर्सल पावरको ३.०४ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.२८ प्रतिशतले घट्यो ।  

यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ४.४४ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.२७ प्रतिशतले घट्यो ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.