बुधबार, चैत्र २०,२०८१ 03:34:40
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:34:40
IME remit
Global IME Bank Limited

लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’

Hyundai Nepal
लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा पुगेको छ ।

यससँगै बजार लगाता्र ३ दिन सामान्य अंकले बढेको छ । गत बुधबार नेप्से परिसूचक ५.१० र बिहिबार ४.६३ प्रतिशतले बढेको थियो । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर ४४२.८९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार विष्णु भुसाल भन्छन्,  ‘आज पनि बजारमा पुस मसान्तको दबाब देखिएको छ । पछिल्लो समय बजारले गति लिन नसक्नुमा लगानीकर्ताको मनोबल कमजोर हुनु मुख्य कारण हो । विस्तारै भोल्युम बढ्दै जादा र लगानीकर्ताको मनबोल पनि बढ्दै जादा बजारले पुनः गति लिन सक्छ ।’

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि बजारको गिरावटलाई पुस मसान्तको दबाबको रुपमा व्याख्या गरे । यद्यपी विगत ३ कारोबारदेखि बजारमा भोल्युम बढ्दै जाुन भने सकारात्मक पक्ष भएको उनले बताए । ‘केही दिनमा बजारले यसैलाई न्यून विन्दु बनाएर माथिको यात्रा गर्नेछ र अब घट्ने क्रम पनि रोकिने छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रोपावर समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०२, होटल ०.६०, लगानी ०.३९,जीवन बीमा ०.२७,निर्जीवन बीमा ०.०४,अन्य ०.१० र व्यापार समूह १.१४ प्रतिशतले बढ्यो ।  

वित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूहमा आज १.०४ प्रतिशतको गिरावट देखियो । बैंकिङ समूह पनि आज ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.१४ र म्युचुअल फण्ड समूह ०.७४ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ९ लाख बढीको कारोबार भयो । रिभर फल्स पावरको आज १७ करोड ३६ लाख,रसुवागढी हाईड्रोपावरको १२ करोड ७९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ४९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त,दोर्दीखोला जलविद्युत र ग्रिन भेन्चरको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै आज दोल्ती पावरको सेयरमूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.२४ प्रतिशतले बढ्यो ।  

नारायाणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ८.८८ प्रतिशतले घट्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज ६.८५ प्रतिशत,जानकी फाइनान्सको ६.३९ र नेपाल फाइनान्सको सेयरमूल्य ५.५३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.