काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १२ वटा समूहमा हरियाली छाएको छ भने एउटा समूह रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७७ प्रतिशत र निर्जीवन बीमा समूह १.२९ प्रतिशतले बृद्धि भएको छ । आज २३ वटा बीमा कम्पनीको सेयरमूल्य बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.६८ प्रतिशतले बृद्धि भई ८०६.३० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.९१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.३१ प्रतिशत, रिलाबयल नेपाल लाइफको २.१८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.९३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.७९ प्रतिशत, सन नेपाल लाइफको १.६४ प्रतिशत, एशियन लाइफको १.५३ प्रतिशत, हिमालयन एभरेष्टको १.४४ प्रतिशत, शिखर इन्स्योरेन्सको १.४२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.०१ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.९० प्रतिशत, हिमालयन लाइफको ०.७९ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, एलआइसी नेपालको ०.६५ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.६१ प्रतिशत, नेपाल लाइफको ०.५८ प्रतिशत, आइएमई लाइफको ०.५७ प्रतिशत, युनाइटेड अजोडको ०.५५ प्रतिशत ०.५५ प्रतिशत, नेशनल लाइफको ०.३९ प्रतिशत, आरबीसीएलको ०.१८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१५ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०५ प्रतिशतले बढेको छ ।
यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ०.४१ प्रतिशतले घटेर ६७७.२० रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.३७ प्रतिशत र सुर्यज्योति लाइफको ०.३६ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                