बुधबार, चैत्र २०,२०८१ 03:13:17
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:13:17
IME remit
Global IME Bank Limited

बीमा कम्पनीमा सिटिजन लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

Hyundai Nepal
बीमा कम्पनीमा सिटिजन लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने तीन समूहमा रातो पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । सर्वाधिक जिर्नीवन बीमा उपसूचक २.६४ प्रतिशतले बढ्दा जीवन बीमा उपसूचक १.२५ प्रतिशतले बढेको छ ।  

आज सिटिजन लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक सेयरभाउ बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड रहेको छ । कम्पनीको सेयरभाउ ५.६९ प्रतिशतले बढेर ५६४.४० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको पनि ५.५५ प्रतिशतले बढेर ६०६.९० रुपैयाँ र एशियन लाइफको ५ प्रतिशतले बढेर ५६३ रुपैयाँ पुगेको छ । यसका साथै सलिकोको ४.०२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.५२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.३१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.०५ प्रतिशत, सानिमा जिआइसीको २.२७ प्रतिशत, सुर्यज्योति लाइफको २.२१ प्रतिशत, आरबीसीएलको २.०६ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५२ प्रतिशत र नेको इन्स्योरेन्सको १.४६ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, रिलायबल नेपाल लाइफको १.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.२५ प्रतिशत, एलआइसी नेपालको १.२० प्रतिशत, एनएलजीको १.१८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.१३ प्रतिशत, हिमालयन लाइफको १.०५ प्रतिशत, नेपाल लाइफको १.०४ प्रतिशत, शिखरको १.०१ प्रतिशत, नेशनल लाइफको ०.९९ प्रतिशत, सन नेपाल लाइफको ०.६६ प्रतिशत र आइएमई लाइफको ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सिटिजन लाइफको मात्रै सेयरमूल्य घटेको छ । कम्पनीको सेयरभाउ २.७२ प्रतिशतले घटेर ४५०.५० रुपैयाँ कायम भएको छ ।  

बीमा कम्पनीमा आज सर्वाधिक नेपाल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि को ५ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.