बुधबार, चैत्र २०,२०८१ 03:25:02
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:25:02
IME remit
Global IME Bank Limited

लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि

Hyundai Nepal
लगातार ६ दिन बढ्यो नेप्से, कारोबार ११ अर्बमाथि
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७५८.७५ विन्दुमा पुगेको छ ।

यो संगै नेप्से लगातार ६ दिन बढेको छ । गत फागुन ४ गतेदेखि बढ्न थालेको बजार आज झिनो अंकले बढेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४५९.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘अघिल्लो दिनको बजार खेलाडीले टिकाएका थिए र यो क्रम मंगलबारसम्म रहन सक्छ । बजार पछिल्लो समय २७८० विन्दुबाट माथि लाग्न सकिरहेको छैन । यहाँबाट माथि नगए बजारमा केही अंक करेक्सन आउन सक्छ ।’

उनले अब आउने मौद्रिक नीतिको समीक्षाले आगामी बजारको बाटो तय गर्न सक्ने बताए ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले अन्यत्र लगानी गर्ने वातावरण नभएका कारण सेयर बजारमा लगानी भित्रिने सम्भावना उच्च रहेको दाबी गरे । ‘ग्रे लिस्टको त्रास पनि हटिसकेको छ र अब बजार घट्ने सम्भावान पनि देखिदैछ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक बढ्यो। यो समूह आज २.५० प्रतिशतले बढेर २ हजार ३८०.९४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.०९ प्रतिशत,लगानी ०.९८ र उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले बढ्यो ।  

वित्त समूह आज सर्वाधिक अर्थात १.२१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.०९ प्रतिशत, होटल ०.८७,  हाईड्रो ०.१५, जीवन बीमा ०.९२, लघुवित्त ०.६३,म्युचुअल फण्ड ०.५७,निर्जीवन बीमा ०.७४ र व्यापार समूह ०.२६ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८९ करोड ३५ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ८० करोड ६७ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ४४ करोड ९४ लाख,घलेम्दी हाईड्रोको ३८ करोड ९७ लाख र सिईडिबि हाईड्रोको ३१ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गार्डियन माईक्रो लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ९.४७ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ८.०६,नेपाल हाईड्रो डेभलपर्सको ७.१३ र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ६.४३ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य ५.५२ प्रतिशतले घटेको आज लक्ष्मी लघुवित्तको ५.३८ र रिलायन्स फाइनान्सको सेयरमूल्य ४.६८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.