मंगलवार, आश्विन १३,२०८३ 06:54:32
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:54:32
Bizshala
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, ‘सकारात्मक बजेटको प्रतिक्षामा लगानीकर्ता’

Bizshala
झिनो अंकले बढ्यो नेप्से, ‘सकारात्मक बजेटको प्रतिक्षामा लगानीकर्ता’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ३.९३ अंकले बढेर २ हजार ११३.२७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०८ प्रतिशतले घटेर ३७८.९२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘लगानीकर्ता बजेटअघिसम्म पर्ख र हेरको अवस्थामा बसेकाले आज बजार सामान्य अंकले मात्रै बढ्यो । केहि दिनदेखि बढेको बजारमा नाफा बुक पनि भएको देखिन्छ । यद्यपी बजार २१ सय विन्दुमाथि नै रहनु भने सकारात्मक विषय हो । लगानीकर्ताले बजेट पनि सेयर बजारमैत्री आउने आशा गरेका छन् । ’

लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि अर्थमन्त्री पूँजी बजारप्रति सकारात्मक रहेकाले भोलिको बजेटमा पूँजीबजारलाई समेट्ने गरी केहि सम्बोधन हुने अपेक्षा गर्न सकिने बताए । त्यपछिको मौद्रिक नीति पनि बजेटसँग समन्वय गर्दै सकारात्मक नै आउने उनले बताए । ‘लगानीककर्ता धेरै मर्कामा रहेकाले यस्तो अपेक्षा गर्न सकिन्छ ।’ उनले भने ।  

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातोा पोतियो । आज लगानी समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज १.८० प्रतिशतले बढ्यो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै आज विकास बैंक समूह ०.६३ प्रतिशत,वित्त १.४१,हाईड्रो ०.२५,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन ०.७८,लघुवित्त ०.४३,म्युचुअल फण्ड ०.४९,अन्य ०.६४ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.७४, होटल ०.४९ र निर्जीवन बीमा ०.२२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार  भयो । यो कम्पनीको आज २० करोड ४० लाख बढीको सेयर कारोबार  भयो । आज सिईडिबि हाईड्रोको १८ करोड ५२ लाख,पोखरा फाइनान्सको १८ करोड ४७ लाख र हाथवे इन्भेष्टमेन्टको १० करोड ४२ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउजिङ र कालिञ्चोक दर्शनको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यो दिन बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । आज सिक्लेस हाईड्रोको सेयरमूल्य ३.१७ र उपकार लघुवित्तको सेयरमूल्य २.९५ प्रतिशतले घट्यो ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.