Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:14:32
Bizshala
Global IME Bank Limited

तीन दिनको कारोबारमा ८० अंकले बढ्यो नेप्से, ‘बिक्री दबाब समाप्त’

Hyundai Nepal
तीन दिनको कारोबारमा ८० अंकले बढ्यो नेप्से, ‘बिक्री दबाब समाप्त’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.६० प्रतिशत अर्थात ४३.२२ अंकले बढेर २ हजार ७४२.८८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५८ प्रतिशतले बढेर ४९३.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर ५ अर्ब ६६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Bizshala
Garima Development Bank

आजको बजारबारे बजार जानकार अजय सिंह थापा (जय शम्भु) भन्छन् ‘अहिलेको बढाइ भनेको रिकभरी नै हो । किनकी यसले ट्रेन्ड लाईनलाई ब्रेक गरेर माथि गएको छ । बीचमा केही रातो क्याण्डल बनलान तर बजार अब ३ हजार भन्दा माथि नै जाने हो ।’

थापाले अब बजारमा सबै खालका बिक्री दबाब सकिएकाले करेक्सन फेज सकिएको पनि दाबी गरे। ‘हिजो नेपाल राष्ट्र बैकको डेटा राम्रो आउनु तथा ब्याजदर घट्नु र सेयर कर्जा बढ्नु जस्ता विषयले बजार सकरात्मक बनेको छ । अहिले अन्यत्र लगानी गर्ने ठाँउ छैन । त्यसैले अहिले रिक्स र ऋण लिनेले सेयर बजारमा नै लगानी बढाएका छन्,’ उनले भने ।  

त्यसैगरि सक्रिय लगानीकर्ता टेकेन्द्र थपलियाले पनि आज बजार बढ्दा कारोबार बढ्नु सकरात्मक भएको प्रतिक्रिया दिए । उनले बजारले हालको लागि करिब–करिब बटम बनाएको र अब बुल ट्रेन्डमा नै बजार जाने अनुमान गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.४४ प्रतिशतले बढेर ३ हजार ७३०.६८ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह १.९८ प्रतिशत, विकास बैंक समूह १.८५ प्रतिशत,वित्त ०.८६, होटल १.४९,हाईड्रो २.१३, लगानी ०.६९,जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.३६ ,लघुवित्त १.४८ ,म्युचुअल फण्ड ०.८३ ,निर्जीवन बीमा १.३८ र अन्य समूह ०.५७ प्रतिशतले बढ्यो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १५ करोड ९ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको आज १५ करोड ४ लाख,एनआईसी एशिया बैंकको १४ करोड ७५ लाख,गुडविल फाइनान्सको १३ करोड २० लाख र एचआईडीसीएल प्रोमोटर सेयरको १३ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज विजय लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.३३ प्रतिशतले बढ्यो । यस्तै इष्टर्न हाईड्रोपावरको सेयरमूल्य ९.२४ प्रतिशत,समता घरेलु लघुवित्तको ८.६२ प्रतिशत,आत्मनिर्भर लघुवित्तको ८.५९ र सगरमाथा जलविद्युतको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्यो ।  

अपर स्याङ्गे हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । मिड सोलु हाईड्रोको सेयरमूल्य पनि आज ५.५४ प्रतिशत र मिथिला लघुवित्तको सेयरमूल्य ४.५५ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.