आईतवार, आश्विन ६,२०८१ 10:15:26
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:15:26
IME remit
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन लाइफका लगानीकर्ताले सर्वाधिक कमाए

Hyundai Nepal
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन लाइफका लगानीकर्ताले सर्वाधिक कमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचब बृद्धि भएको छ । जीवन बीमा समूह ३.४६ प्रतिशत र निर्जीवन बीमा समूह २.०१ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ६.२७ प्रतिशतले बढेर ४८९.९० रुपैयाँ पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यस्तै, एलआइसी नेपालको ५.७७ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ४.७४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.९६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.९३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.८० प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.१७ प्रतिशत, सिटिजन लाइफको २.८२ प्रतिशत, सानिमा जिआइसीको २.७८ प्रतिशत, सन नेपाल लाइफको २.६१ प्रतिशत, युनाइटेड अजोडको २.६१ प्रतिशत, आइएमई लाइफको २.४७ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.४५ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै रिलायबल नेपाल लाइफको २.४३ प्रतिशत, नेपाल लाइफको २.३७ प्रतिशत, हिमालयन एभरेष्टको २.१९ प्रतिशत, नेशनल लाइफको २.०३ प्रतिशत, आरबीसीएलको १.५८ प्रतिशत, शिखर इन्स्योरेन्सको १.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.९२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.७८ प्रतिशतले सेयरभाउ बढेको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.